ताजा खबर

संगीतकार श्रीमान थुलुङको स्मृतिमा तीन लाखको अक्षयकोष स्थापना

   २८ चैत्र २०७७, शनिबार २१:११      126 views

गायक तथा संगीतकार श्रीमान थुलुङको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरिएको छ ।

थुलुङको दोस्रो वार्षिक स्मृति दिवसका अवसरमा शुक्रबार किरात सेवा समाज, कास्कीले आयोजना गरेको कार्यक्रममा सो अक्षयकोषको घोषणा गरिएको हो । किरात सेवा समाज, कास्कीको संरक्षकत्व रहने गरी स्थापना गरिएको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष गायक थुलुङको स्मृति दिवसको अवसर पारेर गीत, संगीत क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान गरिनेछ ।


कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठान, कास्कीका कुलपति पद्मराज ढकालले भौतिक रुपले स्रष्टा नरहे पनि स्रष्टा कहिल्यै नमर्ने भनाइ राख्नुभयो । स्रष्टा सधैं अमर हुने भन्दै उहाँले अक्षयकोषको स्थापनाले गायक एवं संगीतकार श्रीमान थुलुङलाई सधैं अमर राख्ने उल्लेख गर्नुभयो । समाजमा रहेका विकृति, विसंगतिहरू हटाउन स्रष्टाहरूको महत्वपूर्ण भूमिका हुने कुलपति ढकालको भनाइ थियो ।


किरात सेवा समाज, कास्कीका संरक्षक डा. लक्ष्मीप्रसाद राईले भौतिक शरीर नभएपनि गीत संगीतले श्रीमान थुलुङलाई सधैं बाँचिरहने बताउनुभयो । कार्यक्रममा चोमोलोङ्मा प्रतिष्ठान नेपालका अध्यक्ष जसिहाङ राई, सचिव सुरेश जमरकट्टेल, किरात सेवा समाज, कास्कीका वरिष्ठ सल्लाहकार गणेशबहादुर देवान, पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष गोपाल खड्का, संगीतकार नवराज बराल, स्मृतिमा श्रीमान थुलुङ स्मृति ग्रन्थका सम्पादक अनुराग अधिकारी र पूर्ण लामाले थुलुङ नेपाली संगीत क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा किरात सेवा समाज, कास्कीका उपाध्यक्ष मनकुमार सुनुवार र सचिव नवीन राईले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा घोषणा गरिएको अक्षयकोषको संरक्षकमा संगीतकार थुलुङकी धर्मपत्नी विमला राई संरक्षक, डीबी राई संयोजक र किरात सेवा समाज, कास्कीका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । अक्षयकोषमार्फत् गरिने सम्मानलाई राष्ट्रव्यापी बनाइने अक्षयकोषका संयोजक राईले बताउनुभयो ।


किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राईले अक्षयकोषका लागि १५ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी, समाजको तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको समेत अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । अक्षयकोष घोषणा कार्यक्रममा गायक थुलुङका छोरीद्वय गायिका स्मृति राई र संगीता राईले आफ्नो गायन प्रस्तुती राखेका थिए ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: