
गुरुङ साहित्यिक मञ्चको चौंथो स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न
गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

चैत्र २० र २१ गते गरि दुईदिनसम्म मञ्चले विचार विर्मशा एवम् कविता प्रतियोगिता, पुस्तक विमोचन, सम्मान कार्यक्रम र आजीवन सदस्यता वितरण गर्नुका साथै मञ्चको वेभसाइड समेत सार्वजनिक गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.ओम गुरुङले अब नेपालका आदिवासी जनजातिहरुले आफनो पहिचानको परिचय दिने समय आएको बताउनुभयो ।
नेपालमा हिन्दु साशकले पहिचान व्यक्तिको टाउको गनेर निर्धारण गर्ने गरेको भन्दै कुनै पनि जातिको पहिचानको उसको सङख्यमा नभई उसको भाषा, संस्कृति, रितीरिवाज आदिमा हुने भन्दै त्यसको लागि आफू हिजो पनि आज पनि र भोलिका दिनमा पनि राज्यसँग लडी रहने बताउनुभयो ।
साथै उहाँले अहिले समाजको संरचना जाति व्यवस्थामा गएकोले विस्तारै आफनो पहिचान जोगाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मञ्चका कार्यसमिति सदस्य तजेबहादुर च्हाक्ली तमूद्धारा रचना गरिएको मुक्तक संग्रह अस्तित्वको विमोचन समेत गरिएको थियो भने मञ्चलाई सहयोग गर्ने कम्प्युटर अपरेटर यानी गुरुङ र फोटोपत्रकार मणि सरब्जा तमूलाई सम्मान गरिएको थियो ।
यसैबीच मञ्चले स्थापना दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा युके निवासी हेलिसा गुरुङ प्रथम, पोखरा निवासी पवित्रा गुरुङ द्धितिय, युके निवासी अमर लेम तमू तृतिया र लमजुङ निवासी सविना गुरुङ र मिनमाया गुरुङले सान्त्वाना स्थान हासिल गरेको छ । बिजेता कविहरुलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरस्कार साथमा प्रमाण पत्र र क्रमु क्रेगी प्रदान गरिएको छ ।

बिजेता मध्ये प्रथम हुने हेलिसा गुरुङ र तृतिया हुने अमर लेम तमूले पुरस्कार बापत पाएको रकम मञ्चलाई नै सहयोग स्वरुप प्रदान गर्नुभएको छ । बिजेता कविहरुलाई निर्णायक संयोजक चन्द्र गुरुङले बधाई ज्ञापन गर्नुभएको थियो । मञ्चका अक्षयकोष दाता योगेस गुरुङद्धारा स्थापना गर्नुभएको अक्षयकोषको व्याजबाट उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
मञ्चले यसअघि चैत्र २० गते आदिवासी जनजातिको सौन्दर्य शास्त्र एवम तमू पहिचानको प्रश्न विषयक बहस कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लेखक एवम विश्लेषक आहुतिले वक्ताको रुपमा आफनो विचार व्यक्त गर्नुभएको थियो । मञ्चका अध्यक्ष गौरी तमूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38