
पाहार ट्रष्ट नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न
पाहार ट्रष्ट नेपालको आठौं वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्नुहुँदै उहाँले नेपालको कतिपय ग्रामिण क्षेत्रहरु जहाँ सरकारको समेत ध्यान पुग्न सकेको छैन त्यहाँ पाहार ट्रष्टले आफनो उपस्थिती जनाएर असाध्यै पुण्यको काम गरेको बताउनुभयो । आउने दिनमा पनि यस संस्थाले यस्तै पुण्यको काम गर्दै जाओस भन्ने शुभकामना दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै तमू धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पाहार ट्रष्ट नेपालसँग तमू धी नेपाल पनि सहकार्य गरेर अघि बढन चाहेको भन्दै आफूहरु उक्त संस्थासँग सधैं सँगै रहेको बताउनुभयो ।
यस्तै पाहार ट्रष्ट नेपालका सल्लाहकार क्या.पुर्ण ह्योल्मो गुरुङले संस्थाले आफनो वितगको इतिहासहरु बिर्सेन नहुने बताउनुभयो ।
यस्तै ट्रष्टका संस्थापक अध्यक्ष क्या.चन्द्रबहादुर गुरुङले अब यो संस्थाले अहिलेसम्म विद्यालयहरुको भौतिक संरचनाहरु निर्माणमा ध्यान दिएको भन्दै अबको दिनमा भने गुणस्तरीय शिक्षामा समेत जोड दिदै जाने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय बालकल्याण परिषदका केन्द्रिय सदस्य भीमलाल गुरुङ, सबैको शिक्षकहरुको तर्फबाट धनुबास कालिका मा.वि.का प्र.अ.गोपाल सापकोटा, सम्पूर्ण शिक्षिकाहरुको तर्फबाट सिर्सेकोट देउराली आधारभूत विद्यालयका शिक्षिका गौमती गुरुङ लगायले आफनो भनाई राख्नु भएको थियो ।
साधारणसभाले आजै महासचिव कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष रिना रानाले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ । युकेमा पाहार ट्रष्ट स्थापना भएको यसवर्ष ३० वर्ष पुगेको अवसरमा नेपालमा पाहार ट्रष्टले ३० वटा ग्रामिण भेगको सरकारी विद्यालयहरुमा बाल विकासको सुदृढीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ट्रष्टले हालसम्म नेपालको २१ वटा जिल्लामा २ सय ५० वटा विद्यालय भवन निर्माण गरिसकेको छ भने ६० वटा पुस्ताकलय निर्माण गरिसकेको छ ।
नेपालको ग्रामिण भेगलाई कार्यक्षेत्र बनाएर क्रियाशील रहँदै आएको ट्रष्टले शिक्षा क्षेत्रमा मात्रै नभइ स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको छ ।
पाहार ट्रष्ट नेपालका कार्यबाहक अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ट्रष्टका बोर्ड सदस्य लक्ष्मी थापा गिरीले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38