
गण्डकी प्रदेश स्तरीय लकडाउन संस्मरण प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्यापटर (अनेसास) ले आज एक कार्यक्रमको आयोजना गरि लकडाउन संस्मरणका बिजेतालाई पुरस्कार प्रदान गरेको छ ।

गत लकडाउनका बेला स्रष्टाहरुको हौसला बढाउनका निम्ती आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय संस्मरण लेखन प्रतियोगितामा प्रथम हुने गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमू, द्धितिय हुन सफल पर्वतका श्रीकृष्ण शर्मा र तृतिय हुन सफल पर्वतकै तारानाथ पराजुलीलाई आज क्रमशः जनही नगद ११,०००, ५५०० र ३३०० तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवार्तमान कुलपति सरुभक्तले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार ग्रहणपछि बोल्दै प्रथम हुन सफल गौरी तमूले कोरोनाको समयमा आफनो परिवार पनि संक्रमित हँुदा कतिपय छिमेकी र साथीभाइले गर्ने व्यवहारबाट आफू निकै दुःखी भएको र असाध्यै प्रतिकुल समयबाट आफू गुज्रेको बेला उक्त संस्मरण लेखेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले अनेसाससँग आफू संस्थागत रुपमा नजोडिए पनि भावनात्मक रुपमा स्थापनाकालदेखि नै नजिक रहेको र आफूले सधै संस्थाले सकेको सहयोग गर्ने बताउनुभयो ।

साथै उहाँले पुरस्कार बिजेता स्रष्टाहरुलाई आफनो लेखनमा अझै परिमार्जित गर्दै जान र आफनो समयको अब्बल लेखक बन्न आग्रह गर्नुभयो ।
अनेसास गण्डकीका अध्यक्ष दुर्गा शाह बाबाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव असफल गौतमले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38