
ताङतिङको तीनवटा संस्थाद्धारा नेपाल स्टारकी बिजेता एलिना गुरुङलाई सम्मान
प्रथम वाइ वाइ नेपाल स्टारकी बिजेता पोख्रेली चेली एलिना गुरुङ लगायत एलिना जिताऔ अभियान समितिलाई आज पोखरामा तीनवटा संस्थाले एकसाथ सम्मान गरेको छ ।

ताङतिङ दुध पोखरी तमू समाज पोखरा, ताङतिङ पोखरा घोताने परिवार र ताङतिङ पोखरा घोताने चेलीबेटीले संयुक्त रुपमा बधाई ज्ञापनसँगै सम्मान कार्यक्रम आयोजना गरेको हो ।
वाइ वाइ नेपाल स्टारकी बिजेता एलिना गुरुङ मादी गाउँपालिका वडा नं. २ ताङतिङमा जन्मेर पोखरालाई कर्मथलो बनाउदै आउनुभएको छ । आफनो छोरी चेलीले यसरी उपलब्धी हाँसिल गर्दा खुसीले गदगद भएको ताङतिङबासीले आज सामुहिक रुपमा कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गरेको हो ।

याङजाकोट तमू समाजमा भएको सम्मान कार्यक्रममा आयोजकको तर्फबाट नेपाल स्टार एलिना गुरुङ र संयोजक मेनकाजी गुरुङलाई मायाको चिनो सहित दोसल्ला र फूलमालाले सम्मान गरेको थियो भने समितिका अरु सदस्यहरुलाई दोसल्ला सहित फूलमालाले सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व एलिना गुरुङले सबैको सहयोगले आफूले जीवनमा महत्वपूर्ण उपलब्धी हासिल गरेको पनि यो उपलब्धी त्यसै खेरा जान नदिने बताउनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका एलिना जिताऔ अभियान समितिका संयोजक मेनकाजी गुरुङले आफूले अभियानको नेतृत्व मात्रै गरेको तर सबैको साथ र सहयोगले अभियान सफल भएको भन्दै सबैलाई धन्यावाद दिनुभयो ।
अभियानका सचिव रोशनी गुरुङले एलिनाले संगीतको यात्रामा हिड्नका लागि शिखरको यात्रा तय गरेको र त्यो यात्रा बेसक्याम्पबाट माथि उक्लेको भन्दै अब अझै चुनौतीपुर्ण यात्राहरु तय गर्दै शिखरको बाटो उक्लन थप जोश जाँगरका साथ अघि बढन एलिनालाई आग्रह गर्नुभयो ।
यस्तै अभियानका प्रचार संयोजक खिमा गुरुङले एलिनाको अबको साँङगेतिक यात्रा अझै सुखमय रहोस भनि शुभकामना दिनुभयो ।
कार्यक्रममा अभियानका संरक्षक हुमबहादुर गुरुङ, चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङ, ताङतिङ दुध पोखरी तमू समाजका पुर्व अध्यक्ष सु.मे.टोकबहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पवित्रा गुरुङ, घोताने दिदीबहिनका अध्यक्ष इन्द्रमाया गुरुङ, ताङतिङ दुध पोखरी तमू समाजका द्धितिय उपाध्यक्ष चन्द्रमाया गुरुङ लगायतले एलिनालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा याङजाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङले एलिनालाई बधाई ज्ञापन गर्दै समाजको तर्फबाट नगद ५ हजार सहयोग प्रदान गर्नुभएको थियो । भने भुजुङ युम्पो तमू समाज पोखराबाट पनि एलिनालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
ताङतिङ पोखरा घोताने परिवारका अध्यक्ष देवीजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ताङतिङ दुध पोखरी तमू समाजका सचिव कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38