
नेपाल स्टारकी विजेता एलिना गुरुङ माघ २० गते पोखरा आउने, गहृनगरमा भव्य स्वागतको तयारी
नेपाल टेलिभिजनले आयोजना गरेको पहिलो वाइ वाइ नेपाल स्टार गायन प्रतियोगिताको उपाधि पोखरेली चेलि एलिना गुरुङले जित्नु भएको छ ।

शनिबार साँझ सम्पन्न फाइलनमा चार तीन प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले उपाधि सहित नगद ३५ लाख रुपैयाँ पाप्त गर्नुभयो ।
त्यस्तै उहाँले १ करोड रुपैयाँको जीवन विमा पाउनु भएको छ । पोखरेली चेली एलिनाले अन्तिम प्रतिस्पर्धामा आस्था राउतको गीत चौवन्दीमा बोलको गीत गाउनु भएको थियो ।
उपविजेता बन्न सफल अन्य तीन जनाले नगद ५ लाख र ५० लाख रुपैयाँको जीवन विमा प्राप्त गर्नुभएको छ ।
विजेता र उपविजेतालाई नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र विष्ट लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैबीच एलिना उपाधि जितेपछि पहिलो पटक माघ २० गते पोखरा आउने भएको छ । एलिनाको पोखरा आगमनसँगै उहाँलाई पोखरामा भव्य स्वागत गर्न र विजय रयाली आयोजना गर्नको लागि एलिना गुरुङ जिताऔ अभियानको पुरै टिम तयारी अवस्थमा रहेको समितिका संयोजक मेनकाजी गुरुङले जानकारी दिनुभयो ।
साथै उहाँले एलिनालाई जिताउनका निम्ती स्वदेश तथा विदेशबाट सहयोग गर्नुहुने सबैप्रति आभार सहित धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38