
तमु समाज कतारको चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न
दोहा कतार ।
तमु (गुरुङ) समाज कतारको आयोजनामा गत १५ जनवरी शुक्रबारका दिन चेलिबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम भएको छ ।

तमुहरुले माघें संक्रान्तिका दिन चेलीबेटीलाई माना चामल दिने चार्ड परम्परागत रुपमा मनाउदै आइरहेको छ । तमु (गुरुङ) समाज कतारले बिगत केही वर्ष यता माघें संक्रान्तिलाई माघ १ गते नै मनाउन नसकेता पनि कतार सरकारको विदालाई मध्यनजर गरि रिँ च्हमिँ कैँ पिबा (चेलिबेटी खुवाउने) भोजको रुपमा मनाउने गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका सम्मानित व्यक्तित्वहरु, अग्रज व्यक्तित्वहरु, आजीवन सदस्य, मानार्थ सदस्य, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सम्पूर्ण शाखा समिति सदस्य साथै तमु तथा गैर तमुहरुको उपस्थितीमा हर्ष उल्लासका साथ सम्पन्न भएको छ ।

त्यस्तै सल्लाहकार सदस्य मदन गुरुङको नेतृत्वमा विभिन्न मिष्ठान्न भोजनको परिकार सहित चेलीबेटीलाई खुवाउन सम्पूर्ण दोहा बासी दाजुभाईहरु एक आपसमा मिलिजुली हर्ष उल्लासका साथ सहभागी थियो । बिचबिचमा झ्याउरे गितहरु गाउदै ठट्टा मजाक् गर्दै खुल्ला चौउरमा चेलीबेटीहरुको लागि र उपस्थित पाहुनाहरुको लागि खाना बनाउदै नाच्दै रमाउदै गर्दा कार्यक्रमको माहोल अझ रमाइलो बनेको थियो ।
कार्यक्रममा तमु ल्वो ल्होसारमा सौजन्य गर्नु हुने संस्थाका सल्लाहकार सदस्य रस (शिव) गुरुङ, द्वितीय उपाध्यक्ष तेज गुरुङ, कलाकार गोबिन्द गुरुङ, केन्द्रीय सदस्य प्रकाश गुरुङ र सुभचिन्तक चन्द्र बिष्ट, लाई प्रमुख संरक्षक बिल बहादुर गुरुङबाट खादा तथा सम्मान पत्रले सम्मान् गरेको छ ।
संस्थालाई सदैब माया गर्ने, संस्कृतिलाई जीवन्त राख्नको लागि रातदिन नभनि खट्नु हुने, सस्थामा सांस्कृतिक विधा बाट योगदान दिनु हुने सम्पूर्ण कलाकार समुहलाई केन्द्रीय अध्यक्ष खुशी मान गुरुङबाट खादा लगाई तमु सांस्कृतिक परिवार अध्यक्ष दुर्गा बहादुर गुरुङको हातबाट प्रसंशा पत्रले सम्मान गरिएको थियो।
महिला चेलीबेटीहरुलाइ संस्थामा दिएको योगदानको उच्च कदर गर्दै माघे सन्क्रान्ति भएकोले तरुल,बोडी र दाल भात तरकारि अचार, मासु जस्ता परिकार खुवाई प्रमुख संरक्षक बिल बहादुर गुरुङ द्वारा लुङि हस्तान्तरण गरि सम्मान गरिएको थियो। चेलीबेटीको तर्फबाट बार्सिक रुपमा गरिने सम्मान स्वरुप सल्लाहकार द्वय नारायणसिंह गुरुङ र कुमार गुरुङ लाइ महिला विभाग संयोजक उमा गुरुङ, अग्रज महिला सदस्यबाट फेटा लगाइ सम्मान गरिएको थियो ।

साथै प्ये ताँ ल्हु ता समितिको अध्यक्ष तथा पच्यु चिब अर्जुन गुरुङ, अध्यक्ष खुशी मान गुरुङ, प्रमुख संरक्षक बिल बहादुर गुरुङ लाइ महिला विभाग संयोजक उमा गुरुङ, अग्रज महिला सदस्य लगाएत चेलीबेटीहरुबाट एकमुष्ट रुपमा सेलरोटी, फलफुल, पेय पदार्थहरु कोसेली स्वरुप हस्तान्तरण गरिएको थियो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38