ताजा खबर

मादी गाउँपालिका –५ चितेपानीमा निर्माण भएको वडा कार्यालय भवन उद्घाटन

   २९ मंसिर २०७७, सोमबार १८:३९      756 views

कास्कीको मादी गाउँपालिका वडा नं. ५ चितेपानीमा निर्माण भएको वडा कार्यालय आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले संयुक्त रुपमा सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।


मादी ५ को चितेपानी देउरालीमा निर्माण भएको वडा कार्यालयको लागि स्थानिय ५ जना अधिकारी परिवारले आफना पितृको नाममा निःशुल्क रुपमा जग्गा दान गरेका थिए भने जिल्ला समन्वय समितिको ६० प्रतिशत र मादी गाउँपालिकाको ४० प्रतिशत आर्थिक लगानीमा उक्त वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएको हो ।

करिब ५४ लाख ७० हजारको लागतमा सो वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका सचिव सुजन अधिकारीले जानकारी दिनुभयो ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले मादी पाँच आफनो जन्मभूमि भएको र आफूले राजनीतिक जीवन सुरु गरेको थलो भएको हुनाले उक्त ठाउँलाई सधैं आफूले मनमा बोकेर हिडेको बताउनु भयो ।


मादीमा अहिले चारैतिर विकासको ढोका खुलेको भन्दै विकासको काममा राजनीति गर्नुभन्दा सबै मिलेर अघि बढेमा समयमै योजना सम्पन्न गर्न सहज हुने बताउनुभयो । मादीमा विकासको पुर्वाधार निर्माण गर्न आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने उहाँको भनाई रहेको छ ।

यस्तै मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले वडा कार्यालय भनेको जनताले प्रत्यक्ष सेवा लिने ठाउँ भएकोले सेवाग्राहीसँग मुस्कान सहितको व्यवहार गर्न र आफनो जिम्मेवारी इमान्दार भएर पुरा गर्न सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।


मादी गाउँपालिकाले विकास निर्माणको काममा आइस ब्रेक गरेको भन्दै आउने नयाँ नेतृत्वलाई समृद्ध मादी गाउँपालिका बनाएर हस्तान्तरण गर्न आफनो टिम हरतरहले लागि परेको उहाँको भनाई रहेको छ ।

मादी गाउँपालिकाभरिको सबै भन्दा सुगम र पोखरासँग सिमाना जोडिएको वडा भएकोले आजैबाट मादी ५ को वडा कार्यालयबाटै मादी गाउँपालिकाको १२ वटै वडासँग समन्वय गर्ने कार्यालयको पनि सोही स्थानबाट सुचारु भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस मादी ५ का सभापति भानु ढकाल, मादी ४ का वडा अध्यक्ष सत्यराज सापकोटा, जिल्ला समन्वय समिति कास्कीका सदस्य नवराज बराल लगायतले बोल्नु भएको थियो ।


मादी ५ का वडा अध्यक्ष रतनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य पार्वती रानाले स्वागत गर्नुभएको थियो भने वडा सचिव बुद्धिराज लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: