
बिरामी बोकेको जीप त्रिशुलीमा खस्दा २ जनाको ज्यान गयो
चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेको नाग्दी खोला नजिक त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।

चालक सूर्य केसी र जमुना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जमुना रोकाकी १५ वर्षकी छोरी जेनिशा रोकाको भने खोजी भैरहेको चितवन प्रहरीका प्रवक्ता एवं डीएसपी सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
जीपमा रहेका जमुनाका श्रीमान् मुकुन्द बहादुर रोका भने पौडी खेलेर बाँच्न सफल हुनुभएको छ । मुकुन्दको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
प्युठानबाट बिरामी जेनिशालाई लिएर काठमाण्डौका लागि छुटेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट झण्डै ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38