ताजा खबर

आज गण्डकी प्रदेश सहित अन्य केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

   १ मंसिर २०७७, सोमबार ११:३९      454 views

सोमबार दिउँसो गण्डकी प्रदेश सहिति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा सामान्य हिमपातसमेत भइरहेको उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभाव रहेकोले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बादल लागेर सुदूरपश्चिम र कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का केही ठाउँमा सामान्य पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: