
बमबहादुर छन्त्यालद्धारा लिखित “ज्ञानवद्र्धक खुराक” पुस्तक विमोचन
सामाजिक अगुवा बमबहादुर छन्त्यालद्वारा संकलित एवं सम्पादित टिपोटहरूको संगालो “ज्ञानवद्र्धक खुराक”को पोखरामा विमोचन गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खेम पुनलगायतले सो पुस्तकको विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै अध्यक्ष पुनले लेखक छन्त्यालले पुस्तक आम पाठक र समुदायका लागि महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नुभयो ।
पुस्तक नयाँ पुस्ताका लागि गहकिलो खुराक बन्ने दाबी गर्दै अध्यक्ष पुनले पुस्तकमा समेटिएका विषयवस्तु उपयोगी रहेको बताउनुभयो । आगामी दिनमा समेत लेखकले अन्य पुस्तक समेत पाठकमाझ ल्याउने अपेक्षा व्यक्त गर्दै उहाँले समाजलाई सचेत र जागरुक बनाउन यस्ता पुस्तकले टेवा दिने भनाइ राख्नुभयो ।
विमोचन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशका अध्यक्ष खिम छन्त्याल, केन्द्रीय सदस्य प्रथम छन्त्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीस, पुस्तकका लेखक बमबहादुर छन्त्याल, नेपाल छन्त्याल महिला संघ, कास्कीकी अध्यक्ष माया छन्त्याल, नेपाल छन्त्याल संघ, बिरौटा प्रारम्भिक समितिका अध्यक्ष चन्द्रबहादुर छन्त्याललगायतले पुस्तकले नामजस्तै ज्ञानवद्र्धक कुरा समेटेको उल्लेख गरेका थिए ।
नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सु. धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशका सचिव थमप्रसाद छन्त्याल, पोखरा महानगर समितिका अध्यक्ष फकबहादुर छन्त्यालले पनि बोल्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38