
पवित्र सहकारीको नवौं साधारण सभा सम्पन्न
पवित्र बचत तथा ऋण सहकारीको नवौं साधारण सभा सम्पन्न भएको छ । सभाका वक्ताले सहकारी सम्मान, समानता र सहकार्यको माध्यम भएको धारणा राखेका छन् ।

संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सहकार्यको माध्यम भएकाले जातिय एकता बढाउन मात्र नभएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको बताए । साथै उनले आवश्यक परेको खण्डमा समाजको बहुउद्देश्यीय भवन सहकारी व्यवस्थापनका लागि सहयोग गर्न समाज इच्छुक रहेको प्रतिबद्धता व्यक्त गरे ।
सभामा सु.बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाटलगायतले सहकारीसँगको बन्धुत्वको साझेदारीसँगै समन्वय बनाएको र आउँदा दिनमा आदर्श स्थापना गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
सहकारीका अध्यक्ष शिव रानाभाटले प्रस्तुत गरेको अध्यक्षको क्या. हुम रानाभाटले प्रस्तुत गरेको कोषाध्यक्षको र रमेश राजभाटले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको थियो ।
संस्थाले प्रतिवेदन निर्णयार्थ सभामा पेश गर्नु अगाडि असोज १८ गतेदेखि २८ गतेसम्मको अवधिमा जिज्ञासा, सुझाव र सल्लाहको सङ्कलन गरेको थियो ।
कोरोना महामारीका कारण सहकारीले भौतिक दूरी कायम गर्दै शेयर सदस्यबाट प्राप्त मतलाई सम्बोधन गर्दै अन्तिम निर्णयार्थ सहकारीका सञ्चालक समिति, उपसमिति र सल्लाहकारको समुपस्थितिमा सभा सम्पन्न गरेको हो । शिव रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुप्त रानाभाटले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38