ताजा खबर

दुबारगाउँका पहिरोपीडितलाई लमजुङ परिवार दक्षिण कोरियाको २५ हजार राहत सहयोग

   १ कार्तिक २०७७, शनिबार १८:२७      74 views

लमजुङ परिवार दक्षिण कोरियाले लमजुङको दोर्दी गाउँपालिका ८, दुबार गाउँका पहिरोपीडितका लागि राहत सहयोग गरेको छ ।

राहत सहयोग रकम शुक्रबार दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ । लमजुङ परिवार दक्षिण कोरियाले पठाएको २५ हजार रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङले गाउँपालिका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । महासंघका अध्यक्ष गुरुङले गाउँपालिका अध्यक्ष गुरुङलाई उहाँकै कार्यकक्षमा पुगेर रकम हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष गुरुङले राहत सहयोग रकम पीडितसामु पु¥याइने बताउनुभयो । गत बर्खायाममा गाउँमा पहिरो चल्नुका साथै जमीन भासिएपछि दुवार गाउँका स्थानीय समस्यामा परेका छन् ।

उनीहरुलाई राहत स्वरुप दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले राहत रकम संकलन गरेको हो । गाउँपालिका अध्यक्ष गुरुङले राहत सहयोगका लागि लमजुङ परिवार दक्षिण कोरिया र कोरियामा रहेका लमजुङे साथै नेपालीलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

लमजुङ परिवार दक्षिण कोरियाले यसअघि मध्यनेपाल नगरपालिका ६, लामासोती, भदौरे, पुरानडिही, गुम्बाबेंसीका पहिरो पीडितका लागि ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।

लमजुङ परिवार दक्षिण कोरियाले मस्र्याङ्दी गाउँपालिका वडा नं. ५, तल्लो चिप्ला घर भइ हाल वडा नं. ४, च्याम्चेमा बस्दै आएका रक्त क्यान्सर पीडित १५ बर्षीय विकाशल विकलाई पनि सहयोग गरेको छ ।

बालकको उपचारको लागि ४१ हजार रुपैयाँ सहयोग गरेको परिवारका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार मध्यनेपालका पहिरोपीडित र क्यान्सरपीडित बालकलाई संस्थाका निवर्तमान अध्यक्ष मेख दुराले राहत रकम हस्तान्तरण गर्नुभ्एको हो ।

अध्यक्ष गुरुङले विभिन्न किसिमका दुःख, पीडामा परेका तथा बिरामी असहायलाई सामूहिक प्रयोसबाट सहयोग गरिएको बताउनुभयो ।

विदेशमा भएका दाजुभाइ दिदीबहिनीले आफ्नो पीडालाई एकारित राखेर जन्मभूमि र जन्मभूमिमा रहनुभएका दाजुभाइ दिदीबहिनीप्रति माया झल्काएर पीडितलाई सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: