ताजा खबर

अन्तर्राष्ट्रिय तमू (गुरुङ) संवाद श्रृङखलामा तमू चलचित्रको विगत र वर्तमान अवस्था माथि बहस

   २४ आश्विन २०७७, शनिबार २०:३७      596 views

हिजोबाट शुरु भएको अन्तर्राष्ट्रिय तमू (गुरुङ) संवाद श्रृङखलाको दोस्रो दिनको दोस्रो सेशनमा आज तमू तमू चलचित्र सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) का संस्थापक अध्यक्ष एवं चलचित्र निर्देशक माओत्से गुरुङले सबै गुरुङ चलचित्रकर्मीहरुको तर्फबाट स्वागत मन्तव्य राख्दै जिफान विशुद्ध तमू चलचित्रकर्मीहरुको साझा संस्था भएको र वि.सं. २०६५ वैशाख २५ गते कास्की जिल्लामा विधिवत रुपमा दर्ता भएको एक मात्र संस्था भएको बताउनुभयो ।

जिफानले गुरुङ चलचित्रकर्मीको अधिकार बुलन्द पार्न सधैं दृष्य सामाग्री माफर्त तत्पर रहेको छ । बताउनु भयो । जिफान चलचित्र मार्फत आफनो छुटै पहिचान बनाएर देश तथा विदेशमा धेरै भन्दा धेरै दर्शकको मन जित्न सफल भएको भन्दै यो पहिचान कायम राखी राख्न जिफान सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रममा आफनो कार्यपत्र प्रस्तुत गर्दै गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले अहिले गुरुङ चलचित्र निर्माण हुन खोजेको २५ वर्ष पुरा भएको र यो लामो समयसम्म आईपुग्दा तमू चचित्रलाई देश विदेशका तमूहरुले बुझन खोज्नु सकरात्मक कुरा भएको बताउनुभयो ।

वि.सं. २०२२ सालमा आमा चलचित्र निर्माण भएपछि नेपालमा चलचित्रको निर्माण शुरुवात भएको भन्दै त्यसपछि २०४४ सालमा नेवारी चलचित्र शिलु र २०५२ सालमा तमू भाषाको चलचित्र पाते निर्माण भएको थियो ।

त्यही वर्ष स्वदेशको माटो विदेशको पिडा र परम्परा फिल्मस प्रा.लि.बाट न्हाम्स्यो न्होरी चलचित्र निर्माण भएको थियो । चलचित्र निर्माणको विधिविधान बनाउने प्रदर्शनको मिति तया गर्ने र चलचित्रकर्मीहरुबीच आपसी चिनजान गर्नको लागि संस्थाको गठन गरेको उहाँको भनाई रहेको छ ।

अहिलेसम्म गुरुङ चलचित्रमा समावेश भएको गुरुङ गीत संगीतमा करिब १ करोड ६८ लाख लगानी भएको उहाँको कार्यपत्रमा उल्लेख छ । देश विदेशमा विभिन्न समयमा आयोजना हुने तमू कार्यक्रमहरुमा तमू कलाकारहरुलाई स्थान दिनको लागि उहाँले आग्रह पनि गर्नुभयो ।

अहिले जिफानले वर्षेनी चलचित्रकर्मीको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गर्ने, राम्रो काम गर्ने चलचित्रकर्मीहरुलाई समम्मान गर्ने लगायतको काम गर्दै आएको बताउनुभयो । अहिलेसम्म जिफानबाट १ सय ४४ वटा चलचित्रले निर्माणको लागि अनुमति लिएको उहाँको कार्यपत्रमा उल्लेख छ ।

चलचित्रले तमू बालबाललिकालाई भाषा र संस्कार सिकाउने र तमू पोशाक लगाउन आर्कषण गर्ने तथा तमू गाउँहरुको अन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग गरेको बताउनुभयो ।

साथै उहाँले अहिले पनि तमू चलचित्र दर्ता गर्न, सेन्सर गर्न अझै काठमाडौ धाउनपर्ने र त्यतिकै झन्जड बेहोर्नुपर्ने बताउनुभयो । सरकारले तमू चलचित्रकर्मीलाई अनावश्यक दुःख दिएको र खर्च लादेको उहाँको गुनासो छ ।

अहिले कोरोनाले करिब २ सय ५० जना तमू जना चलचित्रकर्मी बेरोजगार भएको भन्दै उहाँले ति चलचित्रकर्मीलाई ८ वटा समुह बनाएर छोटा चलचित्र निर्माण गर्न लागएको र आउने दिनमा यहि चलचित्रलाई देश विदेशमा महोत्सवको रुपमा प्रदर्शन गर्ने बताउनुभयो । अब जिफानले मोफसलको कथा वस्तुलाई कसरी मुल धाराको कथा बनाउने भन्नेमा आफूहरुको ध्यान केन्द्रित भएको बताउनु भयो ।

कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र माथि टिप्पी गर्दै टिप्पीणकार महेश राईले अहिलेसम्म मातृभाषामा सबै भन्दा धेरै र व्यवस्थित रुपमा चलचित्र निर्माण गर्ने समुदाय गुरुङ समुदाय नै रहेको भन्दै अब यो क्षेत्र उद्योगको रुपमा विकास भएको बताउनुभयो ।

गुरुङ चलचित्र लगायत विभिन्न आदिवासी समुदायको बौद्धिक व्यक्तिहरुले गर्ने कामहरुको संग्रह गर्ने काम अझै कम मात्रमा भएको भन्दै अब बौद्धिक व्यक्तिहरुले गरेको कामलाई संग्रहित गराउदै लैजानुपर्ने बताउनुभयो ।

कार्यपत्र निर्माण गर्दा धेरै कुरामा ध्यानदिनुपर्ने भन्दै उहाँले कार्यपत्र राम्रो भएन भने यसको असर चलचित्र निर्माणमा पनि पर्ने भएकोले लेखन शैलीबाटै यसको सुधार पनि गर्दै लानुपर्ने बताउनुभयो ।

गुरुङ चलचित्रले नेपाली समुदायमा धेरै आकर्षण पैदा गरेको भन्दै यसको निरन्तरता दिनुपर्ने बताउनुभयो । काठमाडौ बन्ने चलचित्र भन्दा धेरै राम्रो चलचित्र गुरुङ समुदायमा निर्माण भएको भन्दै चलचित्र निर्माणको डाटा संकलन गर्दा २०४६ साल र २०६२÷६३ सालको जनआन्दोलनलाई पनि बिर्सन नहुने भन्दै राजनीतिक परिवर्तनसँगै चलचित्र निर्माण कसरी व्यवस्थित भयो भन्ने भुल्न नहुने बताउनुभयो ।

गुरुङ चलचित्रलाई अहिले राज्यले चाहेर पनि अस्वीकार गर्न सक्ने अवस्था नहरेको भन्दै राज्यको निकायलाई हामी चलचित्र सेनसर गर्दैनौ भनेर भन्न सक्नुपर्ने बताउनुभयो । गुरुङ चलचित्रमा धेरै गीत समावेश गर्नु आवश्यकता होकि मनोरञ्जन हो त्यसलाई पनि बुझनुपर्ने बताउनुभयो ।

अब चलचित्रलाई बुझने दृष्टिकोणहरु परिवर्तन गर्दै लानुपर्ने र यसको लागि हप्तादिनको कार्याशालाले मात्रै पर्याप्त नहुने भन्दै यसको अध्ययन दीर्घकालीन समयको लागि गर्नुपर्ने बताउनुभयो । साहित्य र संगीत उठेन भने चलचत्रि नउठने भन्दै यी क्षेत्रका व्यक्तिहरुसँग पनि निरन्तर छलफल गर्दै जानुपर्ने उहाँको भनाई रहेको छ ।

कार्यक्रमलाई समापन गर्दै चलचित्र निर्माता एवं गीतकार एकेन्द्र गुरुङले सहभागि सबैलाई धन्यवाद दिनुभयो । यो कार्यक्रम आफैमा महत्वपूर्ण कार्यक्रम भएको भन्दै गुरुङ चलचित्रको निर्माणले गुरुङ भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

हिजो सिमित ठाउँमा मात्रै बोल्ने तमू भाषा अहिले विश्वव्यापी रुपमा बोल्ने भएको र हिजो सिमित ठाउँमा मात्रै लगाउने तमू पोशाक आज विश्वव्यापी रुपमा लगाउन थालेको भन्दै यसले हाम्रो पहिचान जोगाउन मदत गरेको बताउनुभयो । अब स्थानिय सरकारले पनि गुरुङ भाषामा बनेको चलचित्रलाई संरक्षण गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

कार्यक्रमलाई तमू सञ्चारकर्मी संघका पुर्व अध्यक्ष गणेशमान गुरुङले सहजीकरण गर्नुभएको थियो । भने डा.छाम्पा मेगी गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

5 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: