
आजबाट अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला शुरु
आजबाट अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला शुरु भएको छ । गत वर्ष काठमाडौंमा विश्वभरका तमूहरुको सहभागितामा भव्यताका साथ सम्पन्न भएको अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद कार्यक्रम यसवर्ष कोभिडले गर्दा प्रत्यक्ष भेट हुन नसकेपछि जुम प्रविधि मार्फत कार्यक्रम आयोजना गरिएको हो ।
चारदिनसम्म चल्ने सो संवाद कार्यक्रम अक्टोवर १२ मा सकिने छ । जुम प्रविधि मार्फत भएको कार्यक्रम अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषदको आयोजनामा भएको कार्यक्रममा विभिन्न शीर्षकमा लगातार ४ दिनसम्म बहस र छलफल हुनेछ ।

कार्यक्रम अन्तरगत आज पहिलो सेशनमा “ङै नासा ट्हो” (मेरो गाउँघर) शीर्षकमा अखिल भारतीय गुरुङ बौद्ध संगठनका अध्यक्ष आनन्द गुरुङ, तमू समाज बेल्जियमका अध्यक्ष नन्दकुमारी गुरुङ, तमू समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, तमू समाज ओमनका अध्यक्ष निसेक गुरुङ, तमू समाज कुवेतका महासचिव सुरेश गुरुङ, ईष्ट वेष्ट तमू गुरुङ सोसाईटी सेट्ल अमेरिकाका अध्यक्ष सीता गुरुङ, तमू धीं साउदीअरब जेद्धाका अध्यक्ष वेद गुरुङ, तमू समाज युएईका अध्यक्ष उषा गुरुङ, तमू समाज नेदरल्याण्डका अध्यक्ष प्रेमजंग गुरुङ, तमू समाज डेनमार्कका अध्यक्ष लालबहादुर गुरुङ, तमू समाज क्यानडाका अध्यक्ष सोम गुरुङ, तमू समाज मलेसियाका अध्यक्ष सुवास गुरुङ, तमू समाज म्यानमारका अध्यक्ष मिनबहादुर गुरुङ, तमू समाज मकाङ चीनका वरिष्ठ उपाध्यक्ष लिलबहादुर गुरुङ (गोरे), तमू समाज फ्रान्सका अध्यक्ष चित्र गुरुङ, अखिल सिक्किम गुरुङ बौद्ध संगठन भारतका अध्यक्ष लक्षुमण गुरुङ, गुरुङ सेवा समिति नयाँ दिल्ली भारतका उपाध्यक्ष गोपीराज गुरुङ र तमू समाज, स्वीजरल्याण्डका अध्यक्ष धर्म गुरुङ लगायतले आफनो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र मार्फत सहभागिहरुले आ–आफनो संस्थाले देश विदेशमा गर्दै आएको सामाजिक काम र संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । जुम मार्फत सम्पन्न कार्यक्रममा विश्वभरका करिब २ सय ५० जना तमूहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, नेपालका सह–महासचिव डम्बरबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो । भने प्रा.डा.ओम गुरुङले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । यस्तै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । तमू समाज बहराइनका अध्यक्ष नरेन्द्र घलेले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै अध्यक्ष घलेले तमूहरु जहाँ भएपनि एक भएर अघि बढनुपर्ने भन्दै यसप्रकारको कार्यक्रमले तमूहरुको एकता अझै भरिलो र खाँदिलो बन्ने बताउनुभयो ।
यस्तै कार्यक्रम समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रा.डा.ओम गुरुङले यो एउटा नयाँ खालको कार्यक्रम भएको र जसले जहाँ छ आफूले त्यही नै त्यहाँको आफनो गाउँ मान्नुपर्ने परिकल्पनाका साथ आयोजना भएको कार्यक्रम असाध्यै राम्रो भएको बताउनुभयो ।

यसले तमूहरु जहाँ भएपनि आफनो भाषा र संस्कृति कसरी बचाउने भन्ने कुरामा सबै चिन्तित भएको र सबै आ–आफनो ठाउँमा बसेर संगठन बनाई आफनो भाषा र पहिचानको जगेर्ण गर्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
अहिले यो प्रतिकुल समयमा पनि विदेशमा बसेर तमूहरु कसरी जोगिएर बसेका छन र अरुलाई कसरी सचेत गराई राख्नुभएको छ भन्ने प्रश्न समेत सहभागिहरुलाई गर्नुभएको थियो ।
अहिले नेपालको अवस्था कोरोनाले भन्दा पनि शोक र भोकले चिन्तित भएर मर्ने अवस्था रहेको भन्दै यस्तो बेलामा पनि आफनो संस्कार र संस्कृतिप्रति चासो देखाउनु असाध्यै राम्रो कुरा भएको बताउनुभयो । सबै जना सचेत र संगठितसँगै जिम्मेवार भएर अघि बढन सबैलाई आग्रह गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38