
जनसक्रिय टोल विकास संस्थाको अध्यक्षमा डीबी राई
जनसक्रिय टोल विकास संस्था, पोखरा–१४, सगरमाथाचोकको अध्यक्षमा डीबी राई सर्वसम्मत चयन हुनुभएको छ ।

बुधबार सम्पन्न संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा सु. यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, संस्थाका सदस्यहरूमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ रहनुभएको छ ।
मीरादेवी आचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । निर्वाचन मण्डलका सदस्यहरूमा डिल्ली सुवेदी र अमृत दाहाल समेत रहनुभएको थियो ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले नयाँ टोल विकास संस्था भएपनि संस्थाले विकास निर्माणका लागि गरेको पहल प्रशंसनीय रहेको बताउनुभयो ।
वडा र महानगरका तर्फबाट यस टोलमा विकासका योजनाहरू पार्न नसकेको स्वीकार गर्दै वडाध्यक्ष कार्कीले वडाका तर्फबाट टोलको विकासका लागि सक्दो प्रयास गरिरहेको उल्लेख गर्नुभयो । वडा नं. १४ भित्रै पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रतिबद्धता गरे अनुरुप कुनै पनि कुरा पूरा नगरेको भन्दै वडाध्यक्ष कार्कीले विकासको दृष्टिले वडा नं. १४ पछाडि रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा शुक्रराज बलभद्र मावि व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर कार्की, पोखरा–१४ का वडा सदस्य ढोलबहादुर गुरुङ, नेपाली कांग्रेस, पोखरा–१४ का वडा सभापति बोधबहादुर कार्की, खाल्टे टोल विकास संस्थाका अध्यक्ष सु. भीमबहादुर गुरुङ, मसिना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र सुवेदी, सामुदायिक सेवा केन्द्र, पोखरा–१२, माटेपानीकी मीरादेवी आचार्यलगायतले बोल्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38