
जिफानका महासचिव एवम् गायक तथा संगीतकार मनोज गुरुङलाई मातृशोक
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) का महासचिव एवम् गायक तथा संगीतकार मनोज गुरुङलाई मातृशोक परेको छ ।

उहाँकी आमा सुर्यकुमारी गुरुङको हिजो पोखरामा ५८ वर्षको उमेरमा दुःखद निधन भएको हो । विगत लामो समयदेखि मुटुरोग, सुगर, प्रेसर लगायतको रोगबाट ग्रसित उहाँको उपचारकै क्रममा निधन भएको हो ।
कास्कीको साविक माझाठाना ४ हाल पोखरा २८ बित्यानी स्थायी घर भएका गुरुङको आज बिहान् पोखरा १० रामघाट स्थित बौद्ध अर्घौ सदनमा अन्त्येष्टि गरिएको छ ।

उहाँको पार्थिव शरिरमा गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, संस्थापक अध्यक्ष माओत्से गुरुङ, चलचित्र निर्देशकहरु कृष्णकुमार गुरुङ, माओत्सेतुङ गुरुङ, गुञ्जबहादुर गुरुङ लगायतको कलाकारहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. गुरुङको ३ जना छोरा र १ जना छोरी हुनुहुन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38