
तमू धीं युकेद्धारा डा. हर्क गुरुङ र डा.चन्द्रप्रसाद गुरुङको स्मृति दिवस मनाइयो
मिलन तमू / युके
तमू धीं यूकेको भवन मिचेटमा डा. स्व.हर्क ल्हेगे गुरुङ र डा. स्व.चन्द्रप्रसाद कोन्मै गुरुङको स्मृति दिवस मनाइएको छ ।

कोभिड १९ को जोखिममा उच्च सतर्कता अपनाइ तमू धीं यूकेले शनिबार सो कार्यक्रमको आयोजना गरी डा. गुरुङद्वयलाई स्मरण गरेको हो ।
कार्यक्रम स्थलमा तमू धीं युकेका पदाधिकारीहरु ६ जना मात्र उपस्थित थिए भने अन्य सदस्य र शुभचिन्तकहरु जुम प्रविधि मार्फत् उपस्थिति भएका थिए ।
तमू धीं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रम तमू धींका महासचिव तुलाराम गुरुङले सञ्चालन गर्नुभएको थियो ।
सल्लाहकार लोक गुरुङ र अध्यक्ष नन्दजंग गुरुङले दीप प्रज्ज्वलन गरी डा. हर्क र डा. चन्द्रको तस्बिरमा माला तथा खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
डा. गुरुङद्वयको उक्त तस्बिरमा तमू धींका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, सचिव परसु गुरुङलगायत सहभागीले पनि फूल चढाएका थिए ।
स्मृति दिवस कार्यक्रममा डा. हर्क गुरुङको बारेमा सल्लाहकार लोक गुरुङ र डा. चन्द्रप्रसाद गुरुङका बारेमा अध्यक्ष नन्दजंग गुरुङले चर्चा गर्नुभएको थियो ।
यसैबीच हिजै तमू धीं यूकेको आयोजनामा तमू साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन भएको छ ।
च्यारिटी रात्रिभोजको आयोजना गर्ने भनिए पनि कोभिड १९ को जोखिमका कारण जुम र मिचेट भवनमा सहभागीहरुले सहयोग मात्रै संकलन गरेका थिए ।
राष्ट्रिय गान बजाएर सुरु गरिएको च्यारिटी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । तमू धीं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानको बारेमा संयोजक एवम् तमू धींका सचिव परसु गुरुङले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपालबाट तमू साँस्कृतिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष चीजकाजी गुरुङले मन्तव्य राख्नु भएको थियो । भने संयोजक परसु गुरुङले आर्थिक सहयोगका बारेमा पनि प्रस्ट पार्नुभएको थियो ।
च्यारिटी कार्यक्रममा २२ सय पाउन्ड रकम संकलन भएको छ । यसअघि पनि तमू धींको तर्फबाट १८ जना र तमू धींकै पहलमा विभिन्न व्यक्तिबाट ६६ जनालाई छात्रवृत्ति उपलब्ध गराइसकिएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38