
वरिष्ठ संस्कृतिकर्मी लोकबहादुर गुरुङको छैंठौ स्मृति दिवसमा २ लाख ५० हजार राहत वितण
वरिष्ठ संस्कृतिकर्मी, गीतकार सङ्गीतकार तथा चलचित्र निर्माता निर्देशक स्व.लोकबहादुर गुरुङको छैठौ स्मृति दिवस आज राहत वितरण गरेर मनाइएको छ ।

लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा उहाँकै निवासमा कार्य समिति र परिवारका सदस्यहरुको मात्रै उपस्थितीमा आज बिहान फोटोमा बत्ती बाल्नेले कलाकार तथा पत्रकारलाई राहत वितरण गरेको प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।
प्रतिष्ठानले कोरोनाका कारण समस्यमा परेका कलाकार र पत्रकारलाई राहत वितरण गरेको छ ।
जस अन्तरगत गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका २० जना कलाकारहरुलाई जनही ५ हजारका दरले एक लाख, हिमाली साँस्कृतिक परिवारका १० जना कलाकारलाई जनही ५ हजारका दरले ५० हजार, तरेली साँस्कृतिक परिवारका १० जना कलाकारलाई जनही ५ हजारका दरले ५० हजार,

तमू सञ्चारर्मी संघ नेपालका ७ जना पत्रकारहरुलाई जनही ५ हजारका दरले ३५ हजार र स्व.लोकबहादुर गुरुङको जन्मगाउँ आँटीघर लामस्वाँराका ३ घर विपन्न परिवारलाई जनही ५ हजारका दरले १५ हजार गरि कुल २ लाख ५० हजार रुपैंयाँ बराबरको राहत रकम प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ र संरक्षक एवम् स्व.लोकबहादुर गुरुङकी धर्मपत्नी सीता गुरुङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
प्रतिष्ठानले यसअघि आजै लागि तय गरेको पुरस्कार वितरण कार्यक्रम र पुस्तक विमोचन कार्यक्रम भने छिटै अर्को मिति तय गरेर आयोजना गर्ने भएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38