
लमजुङ समाज पोर्चुगलद्धारा पहिरोपीडितलाई सहयोग
मस्र्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका पहिरोपीडित घरबारबीहिनलाई लमजुङ समाज पोर्चुगलले २ लाख २० हजार रुपैयाँ राहत सहयोग गरेको छ ।

समाजले जिल्लाका ४ जना मृगौला पीडित बिरामीलाई पनि १ लाख रुपैयाँ सहयोग गरेको छ । साउन पहिलो साता गएको पहिरोका कारण विस्थापित भएकामध्ये घरबारबीहिन २१ परिवार र छहरेखोलाका विस्थापित २ घरपरिवारलाई बुधबार प्रतिपरिवार १०÷१० हजार रुपैयाँका दरले कूल २ लाख ३० हजार रुपैयाँ राहत सहयोग हस्तान्तरण गरिएको छ ।
मस्र्याङ्दी गाउँपालिका ३, तरापुमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्रमान घलेले मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडाअध्यक्ष प्रेमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, पोर्चुगलबाट आउनुभएका स्वस्तिका गुरुङलगायतको उपस्थितिमा पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
वडाअध्यक्ष बस्नेतले सहयोग गर्नुहुने पोर्चुगलमा बस्नुभएका सम्पूर्ण लमजुङबासीलाई धन्यावाद दिनुभएको छ ।
लमजुङ समाज पोर्चुगलले मृगौलाका विरामी क्व्होलासोंथर गाउँपालिका १ का नारायणबहादुर गुरुङ, बेंसीसहर नगरपालिका ९ का सन्तकाशी गुरुङ, राइनास नगरपालिका ५ का दीपक नेपाली र मस्र्याङ्दी गाउँपालिका ३ का निरमाया भुजेललाई जनही २५÷२५ हजार रुपैयाँका दरले १ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम बिरामीको खातामा सिधै सहयोग रकम पठाइदिएको समाजका अध्यक्ष लोकेन्द्र गुरुङले बताउनुभयो ।
परदेशमा रहे पनि गाउँठाउँमा परेको विपद् र गाउँठाउँका मानिस समस्यामा परेपछि सहयोग रकम जुटाएर राहत प्रदान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पहिरोमा परी विस्थापित भएका नागरिकको राहत र पुनस्र्थापनाको लागि थोरै भएपनि पीडामा मलम लगाउने उद्देश्यले लमजुङ समाज पोर्चुगलले सहयोग संकलन गरि पठाएको समाजका सहसचिव लक्षिन घलेले बताउनुभयो ।
यस अभियानमा सहयोग गर्ने सम्पूर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनीलाई संस्थाका अध्यक्ष एवं लमजुङ समाज पोर्चुगलले धन्यावाद ज्ञापन गरेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38