
लेखक गौरी तमूको ‘कोरोना संस्मरण’ले जित्यो प्रथम पुरस्कार, पुरस्कार रकम अक्षयकोषमा राखिने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिद्धारा आयोजना गरिएको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता (२०७७) मा गुरुङ सहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमू प्रथम हुनु भएको छ ।

प्रतियोगितामा वी एस निरबले द्वितीय र तारानाथ पराजुलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
यस्तै प्रतियोगितामा कान्ति पौडेल, डा. कालु शर्मा सुवेदी, कुशुमकेशव पराजुली, गगन थापा मगर, गोपाल खनाल, तिलक पौडेल, दिलिप दोषी, लिलि अधिकारी त्रिपाठी, सन्दिप खत्री र सुमन श्रापित उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
अनेसास गण्डकीले २०७७ वैशाख १७ गते पहिलो पटक संस्मरण आह्वानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचना अनुसारपछि ३५ दिन समयावधि थप गरेर २०७७ साउन ३ गतेसम्म संस्मरण आह्वान गरेकोमा ३७ वटा संस्मरण संकलित भएको गण्डकीका महासचिव असफल गौतमले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश संयोजक सरिता अर्याल, गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा र महासचिव असफल गौतमको तीन सदस्यीय प्रारम्भिक छनौट समितिबाट चयन गरिएका १३ संस्मरण अन्तिम नतिजाका लागि अकारादि क्रममा लेखकको नाम नराखीकन अनेसास गण्डकी जनाउने समितिको कोडमा मूल्याङ्कन समिति समक्ष पेश गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ११ हजार एक सय ११, द्वितीयले पाँच हजार पाँच सय ५५ र तृतीयले तीन हजार तीन सय ३३ रुपैयाँ नगद सहितको सम्मान र उत्कृष्ट १० ले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह (बाबा)ले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेता गौरी तमू विगत डेढदशकदेखि निरन्तर रुपमा मुक्तक, कविता र समसामयिक विषयको लेख मार्फत नेपाली साहित्यमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ ।
नवलपरासीको गैंडाकोटमा जन्मेर पोखरालाई कर्म थलो बनाउनु भएका उहाँ विगत तीन वर्षदेखि गुरुङ साहित्यिक मञ्च नेपालको संस्थापक अध्यक्ष भई निरन्तर रुपमा साहित्यिक गतिविधी सञ्चालन गर्दै आउनुभएको छ । उहाँको मुक्तक संग्रह समैं दर्बानी प्रकाशित रहेको छ ।
यसैबीच पुरस्कार बिजेता गौरी तमूले पुरस्कार बापत पाएको रकम यसअघि आफैले गुरुङ साहित्यिक मञ्च नेपालमा स्थापना गरेको अक्षयकोषमा थपेर राख्ने बताउनु भएको छ । विगत दुईवर्ष अघि उहाँले संस्थामा स्थापना गर्नुभएको अक्षयकोषबाट प्रत्येक दुई वर्षमा एक जना तमू लेखक स्रष्टालाई नगद ३५ हजार सहित ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ प्रदान गर्दै आएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38