
फेवातालपारी मार्गी तमू समाज युकेद्धारा गण्डकी प्रदेश सरकारलाई १ लाख ८१ हजार सहयोग
फेवातालपारी मार्गी तमू समाज युकेले आज गण्डकी प्रदेश सरकारको राहतकोषमा १ लाख ८१ हजार ५ सय ५० आर्थिक सहयोग गरेको छ ।

फेवतालपारीको मार्गीबाट युकेमा गई बसेका तमूहरुले आफनो देशमा विपत पर्दा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले सो सहयोग रकम प्रदान गरेको जनाएको छ ।
समाजका अध्यक्ष तथा तमू प्ये ल्हु संघ युकेका पुर्व अध्यक्ष जगत प्हच्यु तमूले एक पत्र मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफूहरुको सहयोग थोरै भए पनि ग्रहण गरिदिनु हुन अनुरोध गर्नुभएको थियो भने अध्यक्ष जगत प्हच्यु तमूकी धर्मपत्नी पार्वती पर्जु तमूले सो रकम मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग ग्रहण गर्दै मुख्यमन्त्रीले कुनै पनि सहयोग ठूलो सानो नहुने भन्दै देशमा विपती परेको बेला टाढा टाढाबाट सबैले सम्झीनु र माया गर्नु नै आफूहरुको लागि करोडौको सहयोग हुने भन्दै सहयोगी समाजका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्नुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38