
अब लेकाली चुलोसँगै लेकाली कफिसप पनि सञ्चालनमा
आजबाट पोखराको अमरसिंहचोकमा रहेको होटल टाक्स तथा लेकाली चुलोघरले आफनै कफिसप सञ्चालनमा ल्याएको छ ।

लेकाली कफि जुस एण्ड बेकरी नाम दिएको उक्त कफिसपको आज गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले केक काटेर शुभारम्भ गर्नुभयो ।
सो अवसरमा उहाँले गुरुङको छोराले कफिसप बेकरी खोल्नु नयाँ पेशा भएको भन्दै यहाँ पश्चिमाहरुले मात्रै मन पराउने परिकार मात्र नभई आफनो गुरुङ पना आउने कोदोको परिकारहरुलाई पनि बेच्नुपर्ने बताउनुभयो ।

एउटै भवनबाट आफनै होटल, रेष्टुरेन्ट, खाना सबै परिकारहरु बिक्री गर्दै आएता पनि कफिसपको अभाव महसुश भएपछि अहिले कफिसप पनि सञ्चालनमा ल्याएको सञ्चालक मिनराज गुरुङले बताउनुभयो । करिब ३० लाखको लागतमा सो कफिसप सञ्चालनमा आएको हो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38