
भुम्दीकोट समाज हङकङको पहलमा भुम्दीका १ सय ४० घरपरिवारलाई राहत वितरण
पोखरा महानगरपालिका वडा नं.२२ भुम्दी क्षेत्रका १ सय ४० घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

भुम्दीकोट समाज हङकङद्वारा संकलित ३ लाख ३७ हजार २ सय रुपैंयाँको राहत भुम्दीकोट समाज पोखराले कार्यक्रम आयोजना गरि राहत वितरण गरिएको हो ।
कोभिड १९ कोरोना भाइरसका कारण लामो लकडाउनले प्रभावित पोखरा २२ का उल्लेरी, ढावा, भुम्दि, तारेभिर, पलाइचे, देउरालीस्वाँरा, काब्रे, चिसापानी, देरस्वाँराका गाउँलेहरु र उक्त गाउँबाट पोखरा आई बसोबास गरेका १० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो।
भुम्दीकोट समाज हङकङका अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहकार क्या.चेतबहादुर गुरुङको विशेष पहलमा संकलित राहत रकमबाट प्रत्येक परिवारलाई २५ किलो चामल, नुन, तेल, दाल, चिनी, चियापत्ति कार्यक्रमका प्रमुख अतिथि क्या.टेकबहादुर गुरुङले वितरण गर्नुभएको हो ।

उक्त खाद्यान्न राहत ढुवानी सहयोग पशुपति हार्डवयरले गरेको कार्यक्रम संयोजक नरध्वज गुरुङले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रमको अध्यक्षता भुम्दीकोट समाज पोखराका अध्यक्ष सुवेदार मेजर ज्ञानबहादुर गुरुङले र सञ्चालन सचिव कृष्णबहादुर गुरुङले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38