
नेपाल मुद्रण संघ गण्डकीको क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले शनिबार साइमन पार्टी प्यालेसमा कोरोना सचेतना, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको ।

गण्डकी प्रदेश सभासद विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन क्षेत्र, यातायात क्षेत्रमा अझ बढी धरासयमा परेको बताएका छन् ।
थापाले “नेपाल सरकार लोक कल्याणकारी सरकार भएको हुँदा धरासयमा परेको क्षेत्रमा आर्थिक प्याकेज सहित राहत दिनुपर्दछ” भनेका थिए। उद्योग व्यवसायीको हकहितको लागि बैंकिङ व्याजदरमा ५% घटाउन, ओडी लोनको ब्याजदरमा २% छुट दिनको लागि सम्बन्धित निकायमा जानकारी गराईको बताएका छन्् ।

घरधनीहरुले पनि घरभाडामा छुट दिई सहयोग गर्नको लागि अनुरोध गरेका थिए। पोखरा टे«ड मलले ३ महिनाको ५०% छुट दिएको समेत जनाएका छन्। मुद्रण व्यवसायीको हकहितको लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्न आफू जुनसुकै बेलामा पनि तम्तयार रहेको समेत जानकारी गराए। त्यसैगरी मिस कल्चर–२०२० कि विजेता प्रतिक्षा बास्तोलालाई आगामी दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले “कोरोना सचेतना मूलक किताव र वार्षिक क्यालेण्डर–२०७७” प्रमुख अतिथि थापाद्वारा विमोचन गरिएको थियो। कोहिनुर अफसेट प्रेसका सञ्चालक बसन्त बास्तोला र सिता बास्तोला कि छोरी प्रतिक्षा बास्तोलालाई मिस कल्चर–२०२० को विजेता बन्न सफल भएकोमा सम्मान पत्र र खादा लगाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै मिस कल्चर २०२० की विजेता बास्तोलाले आफू कानुृन विषयको विद्यार्थी भएको र भविष्यमा एक सक्षम अधिवक्ता भई अन्यायमा परेका गरिब, निमुखा र असायको पक्षमा वकालत गर्ने जनाएकी छिन्। मिस कल्चर २०२० को आयोजक र सहयोगी एवम् सम्मान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी थिइन् ।
त्यसै गरी नेपाल मुद्रण महासंघका केन्द्रीय सदस्य जीवन गोर्खालीले मुद्रण उद्योग व्यवसायीहरुलाई कोभिड–१९ बाट परेको समस्या र समाधानको लागि अर्थमन्त्री समक्ष ध्यानाकर्षण गराइएको समेत जानकारी दिएका थिए ।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायीको आवाजलाई केन्द्रबाट स्थानीय तह र स्थानीय तहबाट केन्द्र सम्म पु¥याउनको लागि गोलबन्द्ध रहनको लागि संस्था स्थापना भएको जानकारी गराएका थिए। मुद्रण उद्योग संघ कास्कीको सहयोग र आफ्नै नेतृत्वमा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश १ वर्ष अगाडि स्थापना भएको र आजका मिति सम्ममा प्रदेशले गरेका कार्यहरु स्मरणीय योग्य रहेको बताएका थिए।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38