
लमजुङको क्होंला सोंथर गाउँपालिका ७ घर भई पोखरा बसोबास गर्ने १ सय ५० परिवारलाई राहत वितरण
लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नम्बर ७ घर भई पोखरामा बसोबास गर्दै आएका १ सय ५० विपन्न घर परिवारलाई राहत वितरण गरिएको छ ।

विदेशमा रहेका क्हाेंला सोंथर ७ का दाजुभाई तथा दिदीबहिनीबाट संकलन गरिएको रकमबाट राहत प्रदान गरिएको हो ।
पोखरामा रहेका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १ सय ५० घरपरिवारलाई राहत प्रदान गरिएको स्थानीय प्रेम गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रति परिवारलाई १ बोरा चामल, १ पोका नुन, १ पोका तेल दिइएको छ ।
उनीहरुलाई २ लाख ५० हजार बराबरको राहत प्रदान गरिएको उहाँले बताउनुभयो । कोभिड–१९ का कारण देश लकडाउन भएपछि खाद्यान्न अभाव भएका र दैनिकी चलाउन समस्या भएका परिवारलाई राहत प्रदान गरिएको हो ।
क्होंला सोंथर ७ घर भई युएईमा रहनुभएका बाबुराम सापकोटा र बहराइनमा रहनुभएका चन्द्र गुरुङको नेतृत्वमा संकलन गरिएको रकमबाट खरिद गरिएको राहत प्रदान गरिएको हो ।
बिहीबार पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष रामबहादुर कार्की र राहत वितरण समितिका संयोजक एवम् कुमलुङ रोम्ले देवी तमू समाज पोखराका अध्यक्ष एकबहादुर गुरुङले संयुक्त रुपमा राहत हस्तान्तरण गर्नुभएको हो ।
राहत वितरण गर्दै पोखरा –१२ का वडा अध्यक्ष रामबहादुर कार्कीले समस्यामा परेका नागरिकलाई विदेशबाट सहयोग संकलन गर्नु राम्रो काम भएको बताउनुभयो । यो राहतले नागरिकलाई दैनिकी चलाउन सहज हुने उहाँको भनाई रहेको छ ।
राहत वितरण कार्यक्रममा राहत वितरण समितिका सह–संयोजक एवम् सातकन्या देवी तमू समाज पोखराका अध्यक्ष गमप्रसाद गुरुङ, मातृभूमि तमू समाज पोखराका अध्यक्ष एवम् सह–संयोजक हरिकाशी गुरुङ, भोजे समाज पोखराका कोषाध्यक्ष एवम् सह–संयोजक सुबेदार हर्कबहादुर गुरुङ लगायतको उपस्थिति रहेको सहजकर्ता प्रेम गुरुङले जानकारी दिनुभयो ।
कोरोना कहरको समयमा नागरिकले आफ्नो काम गुमाएकाले छाक टार्न समस्या भएको भन्दै विदेशमा सहयोग संकलन गरिएको राहत संकलनमा नेतृत्व गर्नुभएका युएईमा रहनुभएका बाबुराम सापकोटाले बताउनुभयो । आफुहरुको सहयोगबाट नागरिकले सहज जीवनयापन गर्न पाउने आशा लिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आफ्नै पहलमा विदेशमा रहेकाहरुबाट करिब ८ लाख संकलन गरिएको थियो । यसअघि भोजें, कुमलुङ, उपल्लो चरागाउँ, तल्लो चरागाउँ, चिम्रो, कुम्लुङ बेँसी लगायतको स्थानमा दैनिक ज्यालादारी तथा मजदुरी गरेर बस्ने २ सय २ विपन्न परिवारलाई राहत दिइसकेको छ । उनीहरुलाई करिव ६ लाखको राहत वितरण गरिसकिएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38