ताजा खबर

स्वः लोकबहादुर गुरुङ र (गुरुङ) गीत संगीत एक दृष्टिकोण

   ६ पुष २०७५, शुक्रबार १०:०७      1,053 views

सह–प्रध्यापक नारायण ल्हेँगे गुरुङ



योे भौतिक संसारमा मानिसको जन्म र मृत्यु नित्य आदिकालदेखि नियमित चलिरहेको प्राकृतिक प्रक्रिय हो । जन्म र मृत्यु विचको समय अन्तराल मानिसको जीवन हो । जीवन भनेको लहराउनु, तरंगित हुनु चलमलाउनु र गुनगुनाउनु हो (लक्ष्मी प्रसाद देवकोटा) । मानिसले जीवन बाँच्नको लागि हाँसो, रोदन , क्रन्दन र संघर्ष गर्दै एकदिन यस संसारबाट कुनै पनि क्षण बिदा लिन्छन् । साधारण मानिसहरुलाई आफ्नो जन्मबारे पूर्व सुचना प्राप्त हुदैन । जन्मेको मान्छे एकदिन मृत्यु हुन्छ । यो निश्चित छ, मानिसको जीवनमा घटने घटनाहरु मध्ये मृत्यु मात्र एक सत्य घटना हो भनि दार्शनिकहरुको भन्ने गर्छन । व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ त्यो थाहा हुदैन । मृत्युलाई संसारको कुनै पनि व्यक्तिले रोक्न सकेको छैन । आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो टरेर टर्दैन त्यो “कवि शिरोमणि लेखनाथ पौड्याल”ेले लेखे जस्तै संसारमा दैनिक रुपमा असंख्या जन्म र मृत्युको प्रक्रिय चलिरहेका हुन्छन् ।
व्यक्तिको भौतिक शरीर मृत्यु हुन सक्छ तर उसको आत्मा, विचार र कीर्ति अमर रहन्छ । प्रतिभा सम्पन्न सक्षम सर्जकहरुले मानव सभ्यताको लागि छाडेर गएका कृति सम्पूर्णको लागि प्रेरणाका साधन स्रोत बन्छन । सिर्जना मानव सभ्यताको मुहान हो । असल र कुशल कृतिकारको कृतित्व बारेमा निरन्तर चर्चा परिचर्चा हुन असम्भव हुन्छ । सबै मानिस कुशल कलाकार र कृतिकार हुन सक्दैन ।


यहाँ चर्चा गर्न खोजिएको स्व.लोकबहादुर गुरुङ नेपालको पहाडी पृष्ठभूमीमा गुरुङ(तमु) परिवारमा वि.स.२००४ भदौ ५ गते गण्डकी अञ्चल, कास्की जिल्ला, मौजा गा.वि.स.आँटीघर लामास्वँरामा पिता डम्म बहादुर गुरुङ र आमा भानुकुमारी गुरुङको कोखबाट भएको थियो । स्व.लोकबहादुरले जीवनको उकाली ओराली संर्घष गर्दै आफुलाई शिक्षा र कला क्षेत्रमा स्थापित गराउनु भएको थियो । वि.स. २०७१ साल भदौ १९ गते वहाँको असमायिक मृत्युले गुरुङ (तमू) साँस्कृतिक क्षेत्रमा अपुर्णनिय क्षति पु¥याएको छ । स्व.लोकबहादुर गुरुङ शैक्षिक क्षेत्रमा एक सफल बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । शिक्षालाई पेशाको रुपमा अँगाल्नु भएता पनि ईच्छाधिन विषयको रुपमा नेपाली गीत संगीत चलचित्र र पत्रकारिताको क्षेत्रमा आफुलाई सफलताको बिन्दुमा पु¥याउनु भएको थियो । विशेष गरेर स्व.लोकबहादुर गुरुङले गुरुङ (तमु) जातिको लोक सांस्कृतिक क्षेत्रमा आफुलाई स्थापित तुल्याउनु भएको छ ।
भौतिक रुपमा स्व.लोकबहादुर गुरुङ हामी बीच उपस्थित हुनुहुन्न तर वहाँको सुमधुर गीत, संगीत, लोकगाथा र भाषा तथा संस्कार–सांस्कृति, गाँउको परिवेशलाई समेटी तयार पारिएको कर्ण प्रिय चलचित्रहरु प्रत्येकको मनमुटु भित्र बसेको छ । गुरुङ (तमु) भाषा र सस्ंकृतिको इतिहास परापुर्व कालदेखि चलिरहेको प्रक्रिय हो । केही समय अगाडिबाट राज्यव्यवस्थाको नीति र नियतिले गर्दा नेपालको जनजातिय भाषा, कला, संस्कार र संस्कृति ५÷५ सय वर्षसम्म ओझेल रह्यो । ग्रामीण समाजमा लोक संस्कृति सुषुप्त अवस्थामा भए पनि जीवित थियो । नेपालमा वि.स. २०४५÷४६ मा भएको राजनितिक परिवर्तनले जनजातिया भाषा, संस्कृति र सामाजिक परिवर्तन भएको छ । सूचना, सञ्चार र प्राविधि क्षेत्रमा आएका आश्चर्यजनक प्रगतिले मानव समाजको प्रत्येक क्षेत्रमा छोटो समयमा ठुलै छलाङ मारेको छ । स्व. लोकबहादुर गुरुङ वि.स. २०१४ सालमा पठनपाठनको लागि पोखरा झर्नुभएको थियो । वि.स.२०२८ सालमा अमरसिंह (सोल्जर बोर्ड) उच्च माध्यमिक विद्यालयमा शिक्षक भएर अध्यपन गर्ने कार्यमा संलग्न हुनुहुन्थ्यो । वहाँ वि.स. २०४३ साल देखि २०५८ साल सम्म १४ वर्ष सम्म भद्रकाली उच्च माध्यमिक विदाय्लयमा प्रधानाध्यापक रहनुभयो । विदाय्र्थी र शिक्षक हुदै वहाँले लोक संस्कृति क्षेत्रमा अभ्यास गर्नु भएको थियो । वि.स.२०५८ सालमा शिक्षक पेशाबाट अवकाश लिएपछि पत्रकारिता क्षेत्रमा लागेर तमू संसार त्रैमासिक नामक पत्रिका सञ्चालन गर्नुका साथै गुरुङ (तमू) चलचित्र क्षेत्रमा लाग्नुभएको थियो ।
पोखरामा वि.स. २०५२ सालदेखि गुरुङ चलचित्र निर्माण गनुभएको थियो । त्यस वर्ष स्व. क्या.मीनबहादुर गुरुङ र स्व.लोकबहादुर गुरुङले न्हाम्स्यो न्होरी (कुहिरो भित्र) नामक चलचित्र निर्माण गर्नुभएको थियो । वि.स. २०५५ सालमा गोरे गुरुङले प्ह्रोछे चलचित्र निर्माण गर्नुभभएको थियो । गुरुङ (तमु) चलचित्र निर्माताहरु ःप्रितम गुरुङ, गोरे गुरुङ, केश गुरुङ, माओत्से गुरुङ लगायत अनेक प्रतिभाशाली देखिन्छन । यहाँ अरु कसैको चर्चा नगरी केवल स्व.लोकबहादुर गुरुङले निर्माण गर्नुभएको चलचित्र र ती चलचित्रमा रहेका कृतिका बारेमा चर्चा गर्ने कोशिस गर्नेछु । चलचित्र निर्माण गर्ने कार्य जटिल र लगानीको हिसाबले खर्चिलो समेत भएको हुनाले स्व.लोकबहादुर गुरुङलाई साथ दिने वहाँका सहपाठीहरु बेदबहादुर गुरुङ (श्याम) र एकेन्द« गुरुङ लगायत अन्य धेरै व्यक्तिहरु हुनहुन्छ । वहाँहरुले निर्माण गर्नुभएको गुरुङ (तमू) चलचित्रहरु ः ङयोए नास टहे (हाम्रो गाउँघर २०५८), हेर्बे ट (लेकाली फुल २०५९), चो (बुहारी २०६१), क्रमु (पछयौरी २०६४), प्ह्रेँस्यो (दुलही २०६६), धीँ (घर २०६९), र युम्पो देउराली २०७१ प्रमुख छन् । स्व.लोकबहादुर गुरुङ र वहाँका सहपाठीहरु द्धारा निर्माण गरेका गुरुङ (तमू) चलचित्र एक पछि अर्को लोकप्रिंय हुनको मुख्य कारण स्व.लोकबहादुर गुरुङद्धारा संगीतबद्धा र लोक संस्कृतिमा आधारित गाथा र कथाका शब्द रचना महत्वपुर्ण देखिएको छ । लोकबहादुर गुरुङको गुरुङ (तमू) चलचित्रले गुरुङ (तमू) समाजको भाषा, संस्कार, संस्कृति र सभ्यताको पहिचान गराउनमा सफल भएको छ । वहाँको कृतिहरुलाई संरक्षण र सम्र्बद्धन गरी भविष्यमा वहाँ जस्तै प्रतिभा सम्पन्न व्यक्तिहरु प्राप्त गर्ने बातावण निर्माण गर्न सक्यो भने वहाँप्रति साँचो अर्थमा श्रद्धाञ्जली हुनेछ । स्व.लोकबहादुर गुरुङको सम्झनाको क्षितिजलाई फराकिलो दायरा तुल्याउने हो भने उहाँको कृति र कृतित्वका बारेमा प्रचार–प्रसार, चर्चा–परिचर्चा तथा समय समयमा शिक्षण र प्रशिक्षण गराउन आवश्यक छ । श्रद्धाञ्जली केवल शब्दजाल मात्र सिमित राख्ने हो भने त्यसको कुनै अर्थ हुने छैन । मानिसले जीवनभरि संघर्ष गरेर सम्पत्ति आर्जन गरेर मात्र त्यसले कसैलाई अमर बनाउन सक्दैन । हो सम्पत्ति पनि महत्वपूर्ण छ तर व्यक्तिलाई अमर तुल्याउने आधार उनको प्रतिभाद्धारा सिर्जित कृति र कृतित्व नै हुन । प्रतिभाशाली व्यक्तिको मुल्यङकन समाजले जहिले पनि शक्ति, सत्ता र सम्पत्तिको दायरा भन्दा बाहिर रहेर शुद्ध हृदयबाट प्रस्फुटन हुने स्पन्दनका सुमाञ्जलीबाट हुने भएको हुनाले यो बिशेष प्रकारको महल हुन्छ । सत्ताधारी राजा र सरकारलाई आफ्नो देशभित्र मात्र सत्कार मिल्छ । प्रतिभाशाली व्यक्तिलाई सर्वत्र पुजिन्छ भनि नितिकार्यमा उल्लेख छ ।
स्व.लोकबहादुर गुरुङ र संगीत
संगीत जीवनको आशुलिपी अर्थात संकेत लिपि हो । गीत जीवनका दुःख, सुख, माया–मोह र पिरतीको गाथा हुन भने संगीत जीवन गाथा र कथालाई सुर, ताल र लय हालेर सुमधुर तुल्याउने सिपको कला हो । जीवन कथाको भाका र लयलाई कर्णप्रिय बनाउने क्षमता संगीतमा मात्र हुन्छ । स्व.लोक बहादुर गुरुङले संगीत भरेका प्रत्येक गुरुङ (तमू) चलचित्रहरुमा गीत र संगीतले स्रोता र दर्शकलाई नाचु नाचु पार्न सफल छन । वहाँका गीत संगीतमा आफ्नै कथा व्यथाको झन्कारले भरिएको छ । गुरुङ (तमू) समाजको संस्कृति स्वयं संगीत र नृत्यले भरिएका छन् । गुरुङ (तमू) बालबालिकाहरु पहाडी भू–भागमा जन्मि हुर्केका हुनाले सानैदेखि पहाडको उकाली ओराली गर्ने क्रममा फरक फरक उफ्रिने र कम्मर मर्काउने उठबस गर्नुपर्ने परिस्थिति सँगसँगै संस्कार संस्कृति नृत्यको अभ्यास भईसकेका हुन्छन् । माछालाई पौडी खेल्न सिकाउन नपरे जस्तै गुरुङ (तमू) युवा–युवतीहरुलाई नाच्न, गीत, गाउन र बजाउन सिकाउनु पर्दैन । गुरुङ (तमू) समाजका लोक संस्कृतिमा आधारित चाडवाड (पर्व), मेलापात लगायत अन्य पर्वहरुमा गाइने लोक भाकाको गीत र संगीतहरुले सिकाई सकेका हुन्छन् ।


परम्पागत गुरुङ (तमू¬) समाजमा युवा–युवतीहरु भेटघाटमै तिनीहरु एक आपसमा प्रशिक्षण गर्ने स्थानलाई रोधी (घर) भनिन्छ । रोधी घरमा गाईने दोहोरी गीत, लोकगीत साथै त्यहाँ प्रयोग हुने बाजागाजा मादल, सारङ्गी, मुरली, बासुरी, डम्फु, मुजुरा, लगायत अनेक विभिन्न बाजा बजाउने, सिप स्वस्फुर्त ढंगामा तालिम प्राप्त गर्छन । गुरुङ (तमू) युवा–युवतीले रोधीघरमा मात्र सिक्दैनन् उनिहरु मेलापात, चाडपर्व र वनपाखामा घाँस, दाउरा गर्न जादा गाईने विभिन्न लोकभाका, ठाडोभाका, असारे भाका, साउने भाका, झयाउरे, चुड्का खैजडी, धानगीत संगीत लगायत धार्मिक संस्कारमा पच्यु, क्लेप्रीहरुले बाचन गरिने, सेर्गा, छयाडुमा प्रयोग हुने कथा व्यथाबाट प्राप्त हुने गीत संगीतका धुनबाट पनि शिक्षा प्राप्त गर्छन । गुरुङ (तमू) समाजमा आफ्नो छोरी चेलीलाई युवा अवस्थमा पुगेपछि त्यहाँका प्राकृतिक वातावरण र स्थानीय पर्यवरणसँग चिनाउने परम्परा वा त्यसलाई ह्याकोइ भनिन्छ । ह्यकोई सुनाउने, दुधपोखरी स्नान गर्ने जात्राको क्रममा गरिन्छ । यो गीत आफ्नै प्रकारका गीत र संगीतले भरी पूर्ण छन् । जात्रा यात्रा समाप्त भएपछि बाउमाइतीद्धारा छोरी चेलीलाई गुन्यु चोली प्रदान गर्ने प्रचलन थियो । आजभोली यस्तो जात्रा यात्रा गरेको देखिदैन तर गुन्युचोली दिने प्रचलन कहिकतै प्रचलित छन । ग्रामीण भेगका (तमू) युवा युवतीहरुले गाँउघरमा कृषि उत्पादन गर्ने कार्य सामूहिक सहभागितामा गर्छन । यस प्रथालाई नोकरी (पर्मा) हुरी अथवा मेलापात भनिएको छ । पर्मा दौतरी, युवा–युवती बिच लगाईन्छ । तिनीहरुले मेलापात गर्दा, विशेष चाडपर्वहरुमा मनोरञ्जन गर्दा, एक गाँउ देखि अर्को गाउका युवा–युवतीबिच च्यागी (चिनजानी) गर्दा आफ्नो मनका भावनाहरु गीत संगीत मार्फत सटासाट गर्दछन । स्व. लोकबहादुर गुरुङको गीत संगीतमा यी सम्पूर्ण क्रियाकलापहरुको झलक समाहित छ । यति मात्र होइन गण्डकी क्षेत्रमा रहेका लोक भाका र गाथाहरु समेटिएका हुनाले विशेष प्रकारका छन । गण्डकी क्षेत्रमा लोक संस्कृति र गीत संगीतको लागि प्रख्यात छन । वि.स. २०१३ सालमा लोक संस्कृतिविद सत्य मोहन जोशीले आफुले जगदम्ब पुरस्कार प्राप्त गर्न सफल भएको श्रेय गण्डकी अञ्चलका लोक गीत र संगीत ले हो भनी गौरवताका साथ लेख्नु भएको छ । गण्डकी क्षेत्रबाट गीत संगीत क्षेत्रमा थुप्रै प्रतिभाशाली व्यक्तित्वहरुको उदय भएको छ । त्यसैले स्व.लोकबहादुर गुरुङ एउटा स्थापित गीतकार र संगीतकारको रुपमा स्थापित सर्जक थिए । प्रेम र सद्भावनामा संगीत हुन्छ । मानिसहरु प्रेममा परेका अवस्थामा गीत र संगीतमा लाग्छन भनेर शेक्सपियरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । गुरुङ (तमू) समाजको समाजिक ग्रामीण जीवन दुःख र संघर्षमय भएता पनि मुस्कान छरेर जीवनलाई संगीतमय झल्किरहेका हुन्छन । जीवनमा सुर, ताल, लय मिलाउन नसक्ने व्यक्ति असफल हुन्छन । जीवनलाई सफल बनाउन मानिसको लागि अपरिहार्य भनेको खुशी र आत्मसन्तुष्टि हो । गीत संगीत सुनेर खुशी नहुने कोहीपनि हुदैन । संगीतले हिंस्रक पशुपंिक्ष समेत नचाउँछन । त्यसमा हसाउने, रुवाउने, श्रृंगार, रोदन, वीर, भयानक वीभत्स अदभुत रुप गराउने शक्ति हुन्छन भनि दार्शनिकहरु भन्छन । स्व.लोकबहादुर गुरुङको संगीतले गुरुङ (तमू) संस्कृतिलाई सजिव तुल्याएको छ ।
संगीत संगमको झन्कार, प्रेमको राग, दुःखमा बैरागका सुचना हुन । विवाहमा पञ्चे बाजाको धुनले विवाहित जोडीको मन उमंग र उल्लासमय बनाउँछन । दशैको मालाश्रीको धुनले उत्साह जगाउछ भने मृत्यु संस्कारमा बजाइने डयाङरो र भूमिको अवाजले दुःखको सञ्चार गराउँछ । संगीत घटना, दुर्घटना, समय, परिस्थिति र वातावरण परिवर्तनका सूचना हुन । संगीत अनेक प्रकारका हुन्छ । संगीतलाई प्रयोग गर्ने कला र कौशल पनि अनेक छन । अनेकन समाजभित्र आफ्नो जातीय संगीत निहित हुन्छ । गुरुङ (तमू) संस्कृति भित्र लुकेको मौलिक पहिचानको संगीतलाई स्व.लोकबहादुर गुरुङले गुरुङ (तमू) भाका, लय, सुर, ताल हालेर पहिचान स्थापित गराईदिनु भएको छ ।
संगीत प्रत्येक मानव संस्कृतिको अभिन्न अंग हो । संगीतमा मानविय भावनाको सुर, ताल र लयको धुन हुन्छ । मानिसको जीवनमा पनि दुःख र सुखका तालमेल र लय प्रलय हुन्छन । संगीतको उत्पत्ति पाँच हजार वर्ष अगाडि अफ्रिकामा भएका थिए भन्ने कुरा संगीतको इतिहासमा उल्लेख भएपनि यसको उत्पत्ति प्राकृतिक भावना र सुरतालमै भएका हुनाले यो अनादिकाल देखि प्रचलित छ । संगीतमा सम्पूर्ण मानव समाजको मुलभुत ताल निहित छ । संगीतमा आलौकिक दैवी शक्ति हुन्छ । यसलाई जीवन र जन्म विचको सुरताल र लयको धड्कन भनिएको छ ।
स्व.लोकबहादुर गुरुङ लोक संस्कृतिका विशेष सर्जक हुनुहुन्थ्यो । लोकगीत संगीतमा जातिय मौलिकता र सभ्यताको पहिचान हुन्छ । लोक भाषा र भाकाको शब्द रचनालाई भाका लय सुरताल मिलाएर कर्णप्रिय धुन रचना गर्ने कला जो कोहीमा हुदैन । प्रतिभाशाली स्व.लोकबहादुर गुरुङमा अदभुत कला थियो । उहाँले गुरुङ (तमू) भाषाको चलचित्रहरुमा गुरुङ (तमू) समाजमा प्रचलित विशेष प्रकारका लय र धुनहरु सृजना गरेर सजाउनु भएको छ । संगीतकारले सारङ्गी रेटयो भने कर्णप्रिय धुन निस्किन्छ । मखण्डिले रेट्यो भने तार चुडिन्छ । लोक संगीत लोक जिवनका प्राकृतिक रुपले प्राप्त हुने ध्वनी र लयको संयोजनाको धुन भएको हुनाले यो ग्रामीण जीवनको विश्वास र व्यवहारसँग जोडिएको हुन्छ ।
संगीत मनोरञ्जन गर्ने देखि शिकार गर्न जादा, पशुपक्षीं र जीवजन्तुलाई आकृष्ट गर्न, युद्धमा मनोबल बढाउन, खेलाडीलाई उत्साह प्रदान गर्न, राष्ट्रिय भावनालाई उजागर गर्न, राजनितिक, सामाजिक, धार्मिक चेतना जागरण गर्न प्रयोग गरिन्छ । दार्शनिकहरु जीवनका क्रियाकलाप संगीतमय छ भन्दछन । कारण संगीतमा भनिएका बोली बचनको आवाज, हाँसेको, रिसाएको, घुर्की लगाएको आवाज भएका हुनाले दुःख र सुखका ध्वनि हुन ।
यसै सन्दर्भमा गुरुङ (तमू) लोक सांस्कृतिमा आधारित गीत संगीत र चलचित्रहरु प्रशस्तै सुन्न र हेर्न सकिन्छ । गुरुङ (तमू¬ कलाकार, संगीतकार र साहित्यकारहरु पनि क्रमशः उदाउदो देखिन्छन् । ती सबै कलाकारहरुलाई सम्मान र प्रोत्साहन गर्नुका साथै विषम परिस्थितिमा पनि जातिय कला संस्कृतिको जागरण सरंक्षण र सम्बृद्धि गर्नमा अहम भमिकामा उपस्थिति जनाउनु सफल हुनु भएको स्व.लोकबहादुर गुरुङ र वहाँका सहपाठीहरु वेदबहादुर (श्याम) गुरुङ, पूर्व प्रधानध्यपक एकेन्द्र गुरुङको योगदान रहेको छ । वहाँहरुले निर्माण गर्नुभएका गुरुङ (तमू) चलचित्र र त्यसमा समाहित मिठो गीत संगीतले सबै स्रोता र दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल छन् । प्रतिभालाई लुकाएर राख्न हुदैन । गीत संगीत कलम मसिले मात्र लेखिने विषय होइन । यी सृजनाको रगत र भावनाका डोबमा कुदिने झन्कार हो । गीत र संगीतको लागि विचार र लगनशीलताको संयोजना हुन । यो एक साधना र पूजा हो । कुनै पनि संस्कारमा संगीत बाजा गाजा अथवा सानबाज प्रयोग गरी बजाउनु भन्दा पहिले त्यस बाजाको उत्पत्तिको इतिहास र उपयोगिता बारेमा जानकारी गराउनका साथै त्यस बाजा गाजालाई पुजा गर्नुपर्छ । त्यसपछि त्यस बाजालाई त्यस संस्कारमा बजाउने उद्देश्य व्याख्य गरिन्छ । बाजा बजाउदा निस्किएको ध्वनि र धुनको परिणाम र प्रभावको बारेमा वर्णन गरिन्छ । बाजको ध्वनी र धुन शक्तिशाली हुनाले पूर्वमा बजाँउदा पश्चिममा, पश्चिममा बजाउदा पूर्वमा घन्कियोस । त्यस्तै उत्तरमा बजाउदा दक्षिणमा, दक्षिणमा बजाउदा उत्तरमा घन्कियोस । साथै आकाश, पाताल र त्यहाँ भएको दोषरोपण अशुभ शक्तिको विनास होस भन्ने काममा गरिन्छ । अनुष्ठान र संस्कारको यज्ञ गर्नेहरु माथि जहिले पनि शुभ रहोस । संगीत जस्तै जीवन पनि सुमधुर रहोस भनि बाजा प्रयोग गर्ने गुरु पुरोहितहरुको प्रतिबद्धता र संकल्प हुन्छन ।
विभिन्न अवसरमा बजाउने बाजाका धुन फरक फरक हुन्छ । विवाहमा बजाउने बाजाको धुनमा मंगल धुन र दुलही अन्माउने, माग्ने फरक हुन्छन । संगीतले समाजमा रहेका भेदभाव र असंगति लगायत सामाजिक जातीया, राजनितिक र सहयोगको वातावरण सृजना गर्नमा मद्दत पुरयाउछ । संगीत एक शक्ति र चेतनाको स्रोत भएका हुनाले भेदभावको, अन्ययको र शोषणको दायरा भन्दा माथि रहेका हुन्छ । संगीत हृदय स्पर्सी शक्तिको ध्वनी भएको हुनाले यान्त्रिक र तान्त्रिक हुन्छ । यसलाई शत्रु विनाशदेखि मानव विकास र सम्बृद्धि गर्नको लागि प्रयोग गर्छन । संगीतले हिस्रंक जानवर र अपराधी मनोवृतिलाई समेत कोमल तुल्याउछ भन्ने विश्वास गरिन्छ ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: