ताजा खबर

मुख्यमन्त्रीले भने, ‘दिउँसै बत्ती बालेर ठेकेदार खोज्नुपरयो’

   २४ भाद्र २०७६, मंगलवार १९:४६      2,528 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम नगर्ने ठेकेदारलाई दिउँसै बत्ती बालेर खोज्नुपरेको बताएका छन् ।

‘संघीय सरकार मातहतका योजना प्रदेशलाई हस्तान्तरण भएपछि धेरै योजना अलपत्र रहेछन्, उनले भने, हामीले बेपत्ता भएका ठेकेदारलाई खोजी खोजी काम लगायौँ ।’
स्याङ्जाको फेदीखोला स्थित सर्केटारी गलेम पञ्चासे ग्रामिण सडकको भीरखण्डको उद्घाटन समारोहमा बोल्दै उनले काम नगर्ने केही ठेकेदारलाई कारबाहीको सिफारिस गरेको बताए । उक्त सडकको छङ्गाछुर भीर खण्डमा जोखिम मोलेर समयमा काम गरेको भन्दै ठेकेदार कम्पनी बाराही कन्स्ट्रक्सनलाई धन्यवाद दिए ।


हामीले त ठेकेदारलाई कारबाही गर्दैछौं, उनले भने, यहाँ त जनताले ठेकेदारलाई माला लगाइदिनुभयो, उनले भने, राम्रो काम गर्दा माला लगाउन पाइन्छ ।’ संघीय सरकारले कहिल्यै चासो नदिएको र ८, १० बर्षदेखि अलपत्र परेका योजना समेत ८ महिनामै प्रदेश सरकारले सम्पन्न गराएको उनले उदाहरण दिएका थिए ।


उक्त सडक निर्माण गर्न २ करोड ५ लाख ३५ हजार खर्च भएको थियो । जसमध्ये फेदीखोला गाउँपालिका, प्रदेश सरकार र संसद विकास कोषबाट १ करोड २५ लाख २२ हजार र देश विदेशमा रहेका स्थानीयले ८० लाख १३ हजार रुपैयाँ सहयोग जुटाएका थिए ।
विकास निर्माणका काम गर्न स्थानीयले ठुलो रकम जुटाएको भन्दै मुख्यमन्त्री गुरुङले प्रशंसा गरे । धेरै ठाउँमा सरकारको मात्र मुख ताक्ने प्रवृत्ती छ, उनले भने, यहाँ त घर घरै र विदेशमा बस्ने गाउँलेले पनि पैसा हालेको देखें, यहाँबाट अरुले पनि सिक्नुपर्छ ।


उक्त सडक अर्को बर्षदेखि प्रदेश सरकारले जिम्मा लिने समेत उनले बताए । उनले यस बर्ष पनि प्रदेश सरकारको तर्फबाट सहयोग जारी रहने प्रतिवद्धता समेत जनाए ।
मुख्यमन्त्री गुरुङले खानेपानी र विजुलीको लागि पनि प्रदेश सरकारले सहयोग गर्ने बताए । प्रदेशभर खानेपानी र विजुली पु¥याउने सरकारको लक्ष्य छ, उनले भने, यहाँका पुराना पोल फेर्न र घरघरै धारा पु¥याउने योजना पनि लिएर आउनुहोला ।

उनले स्थानीयबासीलाई गाउँमै इलम गर्न समेत आग्रह गरेका छन् । इलम गर्न चाहनुहुन्छ भने आउनुहोला कुनै समस्या पर्दैन, उनले भने, समस्या त्यतिबेला पर्छ जतिबेला रिपोर्ट बनाउने तर काम नगर्ने अवस्था रहन्छ । उनले गरिब जनतालाई इलम गर्न प्रदेश सरकारले सबै समस्याको समाधान गरिदिने भन्दै इलम गर्न खोज्दा आइपर्ने जुनसुकै समस्या लिएर आउन आग्रह गरे ।
प्रदेश सरकारको ढोका जतिबेला पनि खुलै रहने भन्दै उनले नेता लगाउनुपर्ने, भनसुन गर्नुपर्ने अवस्था पनि नरहेको बताए ।

योजनाबद्ध ढँगले काम गर्नुस्, उनले भने, सरकारले सहयो गर्छ ।
इजरायलमा कृषि तालिमका लागि गण्डकी प्रदेशबाट २०० सय किसान पठाउने तयारी रहेको समेत उनले बताए । तालिममा जाने किसान छनौट गर्दा गोठमा काम गरेका र माटोमा काम गरेकालाई मात्र पठाइने भन्दै उनले भने, किसान छान्दा सोर्स फोर्स, पार्टी र प्रतिपक्षीले भनेको नचल्ने बताए ।


गत बर्ष सोही स्थानमा रहेको शितलादेवी माविको बार्षिकोत्सबमा जाँदा स्थानीयले कर्णालीमा बस्नुपरेको गुनासो गरेको मुख्यमन्त्री गुरुङले संझिए । गण्डकी प्रदेशका कुनै पनि गाउँ कर्णालीको दुर्गमतासँग दाँज्नुपर्ने अवस्था आउनु दिँदैनौं, उनले भने, यही बाचा अहिले पुरा गरेका छौं, बाँकी काम पनि गर्दै जान्छौं ।


कार्यक्रममा सर्केटारी गलेम पञ्चासे, ग्रमिण सडक उपभोक्ता समितिका अध्यक्ष मेजर डिलबहादुर गुरुङले यो बाटो बनेपछि पवित्र धार्मिक स्थल पञ्चासे जाने सबैभन्दा छोटो दुरीको बाटो हुने बताए । उनले बाटो बनाउन आर्थिक सहयोग गर्नेको नाम मार्वलमा लेखेर जिवन्तता दिने प्रतिवद्धता जनाए ।


कार्यक्रममा प्रतिनिधी सभाका साँसद नारायण प्रसाद मरासिनी, गण्डकी प्रदेश सभाका साँसद मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास, फेंदीखोला गाउँपालिकाका अध्यक्ष धनश्याम सुवेदी, वडाध्यक्ष माधव प्रसाद शर्मा सुवेदी, उपभोक्ता समितिका पूर्व अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: