ताजा खबर

स्व.लोकबहादुर गुरुङको पाँचौ स्मृति दिवस पोखरा भव्यताका साथ सम्पन्न

   २० भाद्र २०७६, शुक्रबार १०:०६      1,376 views

वरिष्ठ संस्कृतिकर्मी स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवस समारोह एक भव्य कार्यक्रमका बीच पोखरामा सम्पन्न भएको छ ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले शिक्षा, साहित्य र चलचित्रको त्रिवेणी व्यक्तित्व स्व.लोकबहादुर गुरुङको जीवनीमा आधारित भएर अब प्रतिष्ठानले एउटा चलचित्र निर्माण गर्नुपर्ने बताउनुभयो ।


हरेक विधामा उत्तिकै पोख्ता लोकबहादुर गुरुङले गुरुङ समुदायमा शिक्षाको चेतना मात्र नजगाई पत्रकारिता र गीत संगीतको माध्यमबाट पनि समुदायले सुशुचित पार्ने काम गरेको तथा गुरुङ समुदायका गाउँ बस्तीका कथाहरुलाई चलचित्रको विषय वस्तु मार्फत उठान गरी परम्पराको संरक्षण गर्ने काममा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा यसवर्ष प्रतिष्ठानले यस लोकबहादुर गुरुङ स्मृति चलचित्र पुरस्कारबाट चलचित्र निर्देशक केशबहादुर गुरुङलाई नगद ३५ हजार, ताम्रापत्र, फेटा र भाङग्राले सम्मान गरेको छ ।

को हुन केशबहादुर गुरुङ ?

कास्की जिल्ला मादी गाउँपालिका वडा नं. १ खिलाङ गाउँमा बाबा बखतबहादुर गुरुङ र आमा मुङग गुरुङको कोखबाट वि.सं २०१६ साल भदौ ३ गते जन्मनु भएका उहाँको हालको बसोबास पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा रहेको छ ।


खिलाङ गाउँमा जन्मिएता पनि उहाँको प्रारम्भिक शिक्षा भने भारतको गोरखपुरमा सुरु भएको थियो । त्यसपछि पोखराको अमरसिंह मा.वि.मा कक्षा ८ मा भर्ना भई एस.एल.सी.सम्मको अध्ययन गर्नुभएको छ ।


वि.सं. २०४६ सालमा पोखरा एयरपोर्ट निवासी निशा गुरुङसँग विवाह गर्नुभएका उहाँको परिवारमा बाबा, आमा श्रीमती एक जना छोरा र दुई जना छोरी तथा बैनी ज्वाइँ रहनुभएको छ ।
जीवनको युवा अवस्थादेखि नै गीत संगीत र मनोरञ्जन भनेपछि हुरुकै हुने केशबहादुर गुरुङले अन्तत आफनो पुरै जीवन यसै क्षेत्रमा अर्पण गर्नुभएको छ ।


२०५० सालमा स्योमबै रहर नामक एल्वम डाँफेकला मन्दिरबाट बजारमा आएको थियो । सो एल्वममा समावेश रहेको यो ङि न्हम्गा लसी स्वागत लमु ङयो तमूमैलाई भन्ने गीत गाउनुभएको छ भने उक्त एल्वमको अधिकांश पुरुष गीतहरुमा उहाँको आवाज रहेको छ ।

वि.सं. २०५२ सालमा परम्परा फिल्मस प्रा.लि. दर्ता गरेर औपाचारिक रुपमा गुरुङ चलचित्र निर्माणमा लाग्नुभएका उहाँले परम्परा फिल्मसको व्यानरमा क्या.स्व.मिनबहादुर गुरुङ (डाँफे बाजे), ओमप्रकाश गुरुङ र स्व.लोकबहादुर गुरुङसँग मिलेर न्हास्यो न्होरी (कुहिरोभित्र) चलचित्र निर्माण गर्नुभएको थियो । उक्त चलचित्र परम्परा फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुनुका साथै चलचित्रलाई केशबहादुर गुरुङले छायांकन गर्नुभएको थियो ।


वि.सं. २०५५ सालमा तमू युवा साँस्कृतिक परिवारले निर्माण गरेको ङोल्स्यो छयाँबुले एल्बममा समावेश रहेको बहुचर्चित गीत मदीस्योरी लिबाले असल ताँगा मु ङहयोदो ङहयोदो ङै ङोल्स्यो बेले छयाँबा मु बोलको गीत गाउनु भएको थियो । जुन गीत स्व.खुशीमान गुरुङले लेख्नु भएको हो । साथै ङोस्यो छयाँबुले एल्मबका सबै गीतहरुमा उहाँले निर्माता, छायांकन तथा परिकल्पनाकारको भूमिका निवार्ह गर्नुभएको छ ।


यसका साथै उहाँले स्व.लोबहादुर गुरुङले निर्देशन गर्नुभएको तथा तमू युवा साँस्कृतिक परिवारकोे व्यानरमा वि.सं २०५७ सालमा निर्माण भएको गुरुङ चलचित्र ङोए नास टहो मा रहेको गीत छुईखो रिमै बोलो क्हुँबरी बोलको गीत पनि गाउनुभएको छ । साथै उक्त चलचित्रमा उहाँले प्राविधिक तथा सम्पादन सहयोगीको समेत भूमिका निर्वाह गर्नुभएको छ ।


सन् २००२ मा परम्परा फिल्मस प्रा.लि.को व्यानरमा उहाँले आफनै निर्देशनमा बहुचर्चित गुरुङ (चलचित्र ह्युलै म्हायाँ) अर्थात मातृभूमिको माया निर्माण गर्नुभयो । परम्परा फिल्मस प्रा.लि.कै व्यानरमा निर्माण भएको नेपाली चलचित्र पतझडमा पनि उहाँले निर्माताको रुपमा काम गर्नुभएको छ ।


विद्यालयमा पढने बेलामा लोकबहादुर गुरुङकै विद्यार्थी भएता पनि लोकबहादुर गुरुङसँग उहाँको औपचारिक भेटघाट र चिनजान भने काठमाडौंको राष्ट्रिय नाचघरमा कार्यक्रमको शिलशिलामा भएको थियो ।


वि.सं २०६० पछि उहाँले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुरयाउने उद्देश्यले नमस्ते पोखरा नामक टेलिभिजन कार्यक्रमको सुरुवात गर्नुभयो । उक्त कार्यक्रम च्यानल नेपाल हुँदै र सगरमाथा टेलिभिजनबाट पनि प्रशारण हुन थाल्ने भने नेपाली टिभी युकेबाट पनि कार्यक्रमको प्रशारण लामो समयसम्म भएको थियो । सोहि कार्यक्रम उत्पादन र प्रशारणको शिलशिलामा उहाँ केहि सयम बेलायतमा समेत बस्नुभएको थियो ।


आफनै जन्मभूमि खिलाङमा २०६१ सालमा थन्कु देउराली युवा क्लबले आयोजना गरेको खिलाङ गाउँ ऐतिहासिक मेलामा पोखराबाट विभिन्न कलाकारहरु गाउँमा लगेर बेजोड साँस्कृतिक कार्यक्रम सम्पन्न गरी उक्त कार्यक्रमको सिडी समेत बनाई देश विदेशमा रहेका नेपाली माझ खिलाङ गाउँलाई भिडियो मार्फत चिनाउन महत्वपूर्ण भूमिका निवार्ह गर्नुभएको थियो ।
त्यसपछि वि.सं. २०६४ सालमा उहाँले फेखि खिलाङ गाउँलाई देश विदेशमा चिनाउन खिलाङ गाउँको प्रमोशनल गीत समेत निर्माण गर्नुभयो । गीतकार विनोेद गौचनको शब्द रहेको हितैको मायालाई चिठी लेखन बोलको गीत उहाँकै परिकल्पनामा तयार भएको थियो ।


यसका साथै थकालीहरुको १२ वर्षे मेला तथा विभिन्न गाउँघरको चिनारी डकुमेन्ट्रीहरु समेत उहाँले निर्माण गर्नुभएको छ । २०५२ सालमै उहाँ नेपाल भिडियो चलचित्र संघको सदस्य भएर काम गर्नुभएको थियो ।
उहाँले आफनो जीवनको विभिन्न काल खण्डामा साउदी अरब, जापान, युके, हङकङ, थाईल्याण्ड र बङगलादेशको भ्रमण गर्नुभएको छ ।


यसरी जीवनको लामो समय कला संस्कृति र चलचित्र निर्माणमा खर्च गर्नुभएका केशबहादुर गुरुङलाई वि.सं २०७२ सालमा गुरुङ फिल्म एशोसियशन नेपाल जिफानले गुरुङ चलचित्रको सुरुवाती समयदेखि नै निर्माता, निर्देशक, गायक एवम् कलाकारको रुपमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरेको छ । भने तमू धी नेपालले आफनो ३०औं वार्षिक उत्सवको अवसरमा सम्मान गरेको छ ।


यसरी सम्मानित व्यक्तितव केशबहादुर गुरुङले आफूले प्राप्त गर्नुभएको पुरस्कार राशी प्रतिष्ठानलाई नै आफनो तर्फबाट सहयोग स्वरुप प्रदान गर्नुभएको छ भने उहाँकी श्रीमती निशा गुरुङले पनि प्रतिष्ठानलाई नगद ५ हजार ५ रुपैंया प्रदान गर्नुभएको छ ।


तमू संसार पत्रिका र अभियान फिल्मस प्रा.लि.का निर्माता निर्देशक लोकबहादुर गुरुङको २०७१ साल भदौ १९ गते दुःखद निधन भएको थियो ।


पाँचौ स्मृति दिवस समारोह प्रतिष्ठानका अध्यक्ष वेदबहादुर (श्याम)को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रोशनी गुरुङले गर्नुभएको थियो । तस्विर महेन्द्र तमू

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: