ताजा खबर

भूतपूर्व खेलाडी मञ्च द्धारा बार्नेट शहरका उपमेयर लक्ष बहादुर गुरुङलाई स्वागत

   ४ भाद्र २०७६, बुधबार १९:३३      1,060 views

भूतपूर्व खेलाडी मंच नेपालले बेलायत स्थित बोरो अफ बार्नेट शहरका उपमेयर लक्ष बहादुर गुरुङलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।

कास्की ताङतिङ पुख्र्यौली घर भएका उपमेयर गुरुङ भ्रमणको शिलसिलामा पोखरा आएको बेला मंचले स्वागत गरेको हो ।

सो अवसरमा बोल्दै उपमेयर गुरुङले पोखरा र लण्डन स्थित आफ्नो बार्नेट शहरका विच भगिनी सम्वन्ध बिकासका लागि आफ्नो तर्फ बाट पहल शुरु गर्ने बताए । उनले भने–‘मइले भगिनी सम्वन्ध बढाउन आफ्नो तर्फ बाट केही पहल थालेको थिंए केही कारणले रोकिएको छ, त्यसलाई निरन्तरता दिनेछु ।’

आफूलाई मंचले यसरी स्वागत गरेको प्रति आभार प्रकट गर्दै उपमेयर गुरुङले खेलकुदनै सबैको साझा मंच भएकोले भूतपूर्व खेलाडी मंचले पोखराको खेलकुद बिकासमा पुर्र्याएको योगदानका लागि आभार प्रकट गरे । उनले आगामी दिनमा मंचले गर्ने कार्यक्रमहरुमा आफ्नो तर्फ बाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा मंचका अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएत कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुले उपमेयर गुरुङलाई स्वागत गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: