ताजा खबर

पन्ध्र दिने सिपमूलक व्यवसायीक तालिम सुरु

   १७ असार २०७६, मंगलवार १०:२१      834 views

महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित पन्ध्र दिने सिपमुलक व्यवसायीक तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा, गण्डकी तथा पोखरा वुमेन हेन्डीक्राफ्ट डेभ्लबमेन्ट सेन्टरको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

उक्त तालिमको उद्धाटन सोमबार एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का पिएमसिसि ला दिपक श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले सिकेको सिपलाई व्यवहारमा उतार्न उपस्थित प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । सामान उत्पादन संगै विक्री गरेर वा पद्मावती हस्तकला उद्योगसगँ सहकार्य गरी उद्यमशीलतामा अगाडि बढ्न सकिने उहाँले बताउनुभयो ।


कार्यक्रममा लायन्स क्लब अफ पोखरा, गण्डकी २०१९।२० का अध्यक्ष ला हिरा भट्टराईले महिला शसतिmकरणका लागि आर्थिक समृद्दि, आजको आवश्यकता भन्ने नारालाई आत्मसाथ गर्दै क्लब सदैव सेवामुलक काममा अघि बढीरहेको बताउनुभयो । उहाँले घरमा नै उपलब्ध हुने साधन स्रोतलाई प्रयोग गरेर सामान उत्पादन गर्न सकिने भन्दै नेपाली घरेलु सामानलाई बजारीकरण गर्नका निम्ति सम्भावना बोकेको सिप रहेको बताउनुभयो ।

सोही अवसरमा जोन चियर पर्सन ला सिता के.सी, कलस्टर १७ कलस्टर प्रमुख ला बसन्त गिरी, डेप्युटी चिफ एडभाइजर ला इन्दिरा बराल लगायतले आत्मनिर्भरका निम्ति सिप अपरिहार्य रहेको बताए ।


सो तालिममा वडा नं ९,६ र १४ मा रहेका २५ जना महिला एवं युवाहरुलाई पद्दमावती हस्तकला उद्योगमा कार्यरत प्रशिक्षक दव्य विष्णु उचै ठकुरी र हिरा कुवँरले प्रशिक्षण गर्नु हुनेछ ।


सो कार्यक्रममा क्लबका सदस्य ला. शान्ति पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव ला साधना चालिसेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: