ताजा खबर

अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को लन्च नेपाल लिटरेचर फेस्टिभलमा

   ३ पुष २०७५, मंगलवार ०७:४६      1,446 views


पोखरा÷३ पुस
बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने आयोजकले पत्रकार सम्मेलन मार्पmत जानकारी दिएको छ ।


पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । साथै क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ । ‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबैसमक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु,’ उनले भनिन् ।
उपचारका क्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखें भन्ने कुरा पनि पुस्तकमा समेटिएको उनले बताइन् ।

कार्यक्रममा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले मनीषा कोइराला जस्तो चर्चित व्यक्तित्वको पुस्तकलाई फेस्टिभलमा विमोचन गर्न पाउनु आफूहरुका लागि गौरवको विषय रहेको बताए । पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने घोषणा गर्न पाउँदा पनि आफूहरु खुसी रहेको उनको भनाइ छ । ‘फेस्टिभलमा पुस्तक विमोचन गर्न पाउनु पनि हाम्रा लागि खुसीको विषय हो । हामी अत्यन्त खुसी छौं,’ उनले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’ अभिनेत्री कोइरालाले नेपाली संस्करणमा प्रकाशन हुने पुस्तकको पेस्कीबापत आएको रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरण समेत गरेकी थिइन् ।

0 0 vote
Article Rating

आजको खबर

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा

अझै पढ्नुहोस्

तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबा आमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ। नेपाल र नेपालीको हरेक दुखहरुमा मल्हमपट्टी

अझै पढ्नुहोस्

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माण कार्यले तिब्रता पाएको छ । सो क्षेत्रका प्रदेश सभा सदस्य,

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: