
बिप्लव नेतृत्वको नेकपा लमजुङ जिल्ला सदस्य टेकतारा नेकपामा प्रवेश
नेक्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा लमजुङ जिल्ला संगठन कमिटिका सदस्य टेकबहादुर तारा सत्तापार्टी नेकपामा प्रवेश गरेका छन् ।

नेकपा बेंसीसहर नगरपालिका वडा नं. ६ संयन्त्रले सारिङमा शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको छ । लमजुङमा कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक मानिएका उनी पछिल्लो समय बिप्लव नेतृत्वको पाटीमा आवद्ध थिए ।
तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसंग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य, रामबहादुर थापा, नेक्रविक्रम चन्द, सीपी गजुरेलसंगै छुट्टिएका उनी पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा संगठित भई सक्रिय भएर लागेका थिए । उनले शनिबार आफू आवद्ध पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका । उनी २०५३ देखि तत्कालीन नेकपा माओवादीमा आवद्ध थिए ।
करीब ७२ बर्षका उनी नेकपा प्रवेश गरेपछि गाउ“मा खुसीयाली छाएको छ । स्थानीयले खदा, टोपी लगाइदिनुका साथै अबिरजात्रा गरेका थिए । उनले ‘आफू जुन गाडीमा चढ्यो, त्यही गाडी पन्चर’ मात्रै हुने गरेको भन्दै पुरानै आफ्नो घर फर्किएको बताए । उनले आफ्नो छरछिमेक, इष्टमित्र, आफन्त र परिवारबाट टाढा रहन नसक्ने बताउ“दै बरु कुनै पद नचाहिने र अभिभावक भएर बस्न तयार रहेको बताए ।

पछिल्लो समय आफू रहेको पार्टीका नेताले आफ्नो हैकम जमाएको र पार्टीले लिएको एकीकृत जनक्रान्तिका कुरा छोडी हतियार लिएर हि“डेकाले आफू पुरानै घरमा फर्किन बाध्य भएको बताए । ‘संघर्ष भनेको युद्ध होइन । हतियारसहितको युद्धले क्रान्ति अब सम्भव छैन । त्यसैले आफ्नै घरमा बसेर संघर्ष गर्ने भनी म आफ्नै घर फर्कें’ उनले भने । ‘म सुकन्जेल म फर्केको पार्टी नेकपामा रहेर वर्तमान सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई सकार पार्न लाग्नेछु । मेरो वडालाई नेकपामय बनाउने अभियानमा लाग्नेछु’ उनले भने ।
स्थानीयले अबिरजात्रा गर्दा उनले आ“सु चुवाए । उनीसंगै स्थानीयले उनकी पत्नी मिश्रमाया बोहरालाई अबिर लगाइदिएर स्वागत गरेका थिए ।
आजको खबर

पोखरा । आन्तरिक कलहले बजेटमाथिको छलफल रोकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । एमाले संसदीय…
अझै पढ्नुहोस्
पोखरा । नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतुल्य रहेको स्मरण गरिएको छ । पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई…
अझै पढ्नुहोस्Follow Us

अभिव्यक्ति स्वतन्त्रता प्राप्तिमा जननेता भण्डारीको योगदान
१५ असार २०७९, बुधबार १३:०९

एमाले गण्डकीद्धारा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रोलको राजीनामा माग
१५ असार २०७९, बुधबार १३:२६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38