
तमु प्ये ल्हु संघको रक्तदानमा ४५ युनिट रगत संकलन
तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा जारी बृहत तमु फो–ल्होसार महोत्सव अन्तर्गत शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । तमु जातिको महान् पर्व तमु ल्होसारका अवसरमा आयोजित रक्तदान कार्यक्रमको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले पहिलो रक्तदाता केन्द्रीय युवा समितिका कोषाध्यक्ष जीवन प्हच्यु तमुलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रानाले तमु प्ये ल्हु संघले सामाजिक कार्यमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो । एक अर्को प्रसंगमा उहाँले लागू औषध र मदिराका कारण धेरै अपराध हुने गरेको भन्दै सामाजिक एवं धार्मिक संघसंस्थाले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा ५५ चोटि रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीका अध्यक्ष तीर्थ अवस्थीले रक्तदानले शरीरलाई कुनै बेफाइदा नहुने बताउँदै रक्तदान जीवनदान भएको उल्लेख गर्नुभयो । तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिका प्रथम उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पवित्रा तमुस्योले गर्नुभएको थियो । महोत्सवको तेस्रो दिन शनिबार रक्तदानसँगै विभिन्न धार्मिक गुरुहरूबाट प्रवचन समेत भयो । सो अवसरमा पच्यु गुरु शरण तमु, बोन्पो लम गुरु कृष्णबहादुर तमु र क्ल्हेप्री गुरु कृष्णबहादुर तमुले प्रवचन दिनुभएको थियो । त्यस्तै, महोत्सवमा शनिबार तमु प्ये ल्हु संघले गुरुङ साहित्यिक मञ्च नेपालसँगको सहकार्यमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दार्जिलिङका गुरुङ साहित्यकारहरु पनि सहभागी भए । त्यसैगरी, धनुषवाण प्रतियोगिता पनि सम्पन्न भएको छ भने महोत्सवमा कलाकारहरु सुरेन्द्र गुरुङ, उमा गुरुङ, नेत्र गुरुङलगायतका कलाकारहरुले सांगीतिक मनोरञ्जन दिलाए । केन्द्रीय युवा समितिका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । शनिबार राती खि ल्हो (कुकुर वर्ग)को बिदाइ गर्दै फो ल्हो (मृग वर्ग)को स्वागतमा बोन फायर समेत गरिँदैछ ।
आजको खबर

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा…
अझै पढ्नुहोस्
तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबा आमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ। नेपाल र नेपालीको हरेक दुखहरुमा मल्हमपट्टी…
अझै पढ्नुहोस्
कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माण कार्यले तिब्रता पाएको छ । सो क्षेत्रका प्रदेश सभा सदस्य,…
अझै पढ्नुहोस्Follow Us

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम
१ बैशाख २०७८, बुधबार १५:५९

ट्होटेंमा तमु समाज बेल्जियमले ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गर्यो
१ बैशाख २०७८, बुधबार १६:१५

राजनैतिक स्थायित्वका निम्ती गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन
१ बैशाख २०७८, बुधबार १६:२२
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38